काठमाडौं । स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही […]
राजनीति
राष्ट्रपति सीलाई नभेटि स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा यसो भने
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर छिमेकी चीन भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन् । च्याङसु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रचण्ड पत्नि सीता र छोरी गंगासहित गत ३० भदौमा चीन उडेका थिए । स्वदेश फर्केपछि त्रिभुव विनस्थलमा सञ्चारर्कीसँग प्रचण्डले भ्रमण दुई मुलुक तथा नेपाल कम्युनिष्ट पार्टी र […]
उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदैछन् । उनी बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले अन्तर्राष्ट्रिय मेलाको उद्घाटन […]
बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने
काठमाडौं । नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् । ‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न […]
यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री
जनकपुर । जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ । सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए । […]
दक्षिण कोरियामा लाखौ मानिसहरु विश्वशान्तिको कामना गर्दै उर्लिए
इन्चोन, २ असोज । कोरियन प्रायदिपमा शान्तिको आशा छर्दै दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखले उत्तरकोरियाको राजधानी प्योङयाङमा हात मिलाइरह दक्षिण कोरियाको इन्चोन सहरमा विश्व शान्तिको घोषणा गर्दै लाखौ मानिसहरु जम्मा भएका छन् । दुई लाखभन्दा बढी मानिसहरुले कोरियन प्रायदिपका बीच शान्तिपूर्ण एकिकरण, विश्व शान्तिको घोषणा र युद्धको अन्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् । […]
निर्मलाका आमाबाबुले बल्लतल्ल प्रधानमन्त्रीलाई भेटे, के भयो कुराकानी ?
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग दुई महिनापछि आमाबाबुले हत्याराको कारबाहीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज अधिकारकर्मीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले भेटमा घटनाको पूरा विवरण प्रधानमन्त्रीलाई सुनाए । आफूहरु कञ्चनपुरमा रहँदा न्याय नपाएको भन्दै काठमाडौं […]
चीन भ्रमणमा हिडेका प्रचण्ड बीच बाटोबाटै काठमाडौं फर्किदै, यस्तो छ कारण
काठमाडौं । चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन् स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर […]
ओली सरकारको ज्यादतीबिरुद्ध भोली उदयपुर बन्द, इन्चार्ज-सेक्रेटरीले गरे यस्तो आव्हान (विज्ञप्तिसहित)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् । सम्पूर्ण […]
निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध तथा न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ । निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार […]











