काठमाडौं, १० मंसिर । कालिकोटको मालकोटका जनता मतदान गर्न नजाने घोषणा गरेपछि नेपाली सेना र प्रहरीको टोलीले गाउँमा गएर धम्की दिन थालेको छ । नेपाली सेनाको टोलीले मालकोटमा हवाइ गस्ती गरेर त्रास उत्पन्न गर्ने प्रयास गरिरहेको छ भने नेपाल प्रहरीको टोली गाउँमा गएर घर खानतलासी गर्ने मतदान केन्द्रमा जान धम्की दिने गरिरहेको खबर प्राप्त भएको […]
राजनीति
गोरखाको कालिका मतदान केन्द्रमा मतदान सुरु हुनै लाग्दा बम विस्फोट
गाेरखा, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट […]
स्थानीयको अवरोध खोल्न कालिकोटमा नेपाली सेनाको टोली हेलिकोप्टरबाट गोली प्रहार गर्दै
कालिकाेट, ९ मंसिर । भोलि हुन् लागेको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको सामाग्री लिएर गएको सरकारी टोलिलाई स्थानीयबासिन्दाले लाखेटेपछि कालिकोटको अबस्था तनाबग्रस्त भएको छ । कालिकोटको पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेका हुन्। गएको स्थानीय तह निर्वाचनमा मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका […]
दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने नेकपाकाे चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने चेतावनी दिएकाे छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्त प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । सरकारले घाेषणा गरेकाे निर्वाचन खारेजी अभियानका क्रममा देशभरबाट ४५० भन्दा बढी नेता कार्यकर्ता र सर्वसाधारण जनतालार्इ राज्यले गिरफ्तार गरेकाे बताउँदै […]
बाबुरामकाे खुलासा : काठमाडाैमा सिंह बन्ने तर भारतमा बिरालाे बन्ने नेताहरु काे हुन?
काठमाडाैं, ९ मंसिर । नयाँ शक्ति पार्टीका संयाेजक डा. बाबुराम भट्टरार्इले नेपालमा भारतकाे हस्तक्षेप रहेकाे र त्याे हस्तक्षेपका विरुद्ध अाफूले भारतमै गएर कडा चुनाैती दिएर बाेल्ने गरेकाे दावी गरेका छन् । गाेरखा २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका भट्टरार्इले भारतीय हस्तक्षेपका विरुद्ध अाफू जति चुनाैती दिएर बाेल्ने नेपालमा अर्काे नेता नभएकाे समेत दावी गरेका […]
एमाले अध्यक्ष केपी अाेलीकाे घरमै बम विष्फाेट
झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । मूल गेटमै थप एउटा बम फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल […]
नेकपाका पोलिटब्यूरो सदस्य विरजंग अस्पतालबाटै पक्राउ
काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । बिरामी छोरालाई निदान अस्पतालको कोमामा राखेर उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले शुक्रबार दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले जानकारी दिएका छन् । काेमामा राखेर बिरामी छोराको उपचार गराइरहेका […]
महिलाहरु सधै युद्धमा हुन्छन
झण्डै तीन दशकको जातीय हिंसामा फसेको श्रीलंकाको उत्तरी वन्नी क्षेत्रमा बन्दुक पड्कन छाडेको चार वर्ष बितेको छ । दुर्भाग्यवस, अति जोखिममा परेका महिलाका निम्ति कठिनाइको भारी उस्तै छ, उनीहरुका निम्ति शान्ति छाएको अनुभव हुन सकेको छैन । उत्तरी श्रीलंकाको अल्लानकुलम गाउँकी कुगामथी कुलसेकरानको काँधमा आजभोलि तीन बच्चाको हेरचाह गर्ने जिम्मेवारी छ, र उनको एउटा बच्चा […]
कुलमानका आँशु र कान्तिपुर बगरे
यति खडेरी परेको छ कि, हातको औंलामै गन्न मिल्ने संख्यामा सीमित त्यस्ता इमान्दार ब्यक्ति छन् यो देशमा र त केही आशा जागेको छ । भरोसा पलाएको छ । र, तिनै सीमित मध्येमा परेका, जनताको आँखाको नानीझैँ प्यारामा दर्ज भएका वर्तमान समयका चर्चित व्यक्तिको नाम लिनुपर्दा उर्जामंत्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख […]
रसुवामा नयाँ शक्ति र एमालेबीच झडप १३ राउन्ड गोली चल्यो
रसुवा, ८ मंसिर । रसुवामा नेकपा एमाले र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएकाे छ । एमालेका कार्यकर्ताले अाचारसंहिता विपरित गाडी चढेकाे भन्दै एमाले कार्यकर्ताले अवराेध पुर्याएपछि दुर्इ दलका कार्यकर्ताहरुबीच झडप भएकाे हाे । राती १२ बजे भएकाे उक्त झडपलार्इ नियन्त्रण लिन प्रहरीले १३ राउण्ड गाेली समेत चलाएकाे छ । रसुवामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग […]











