झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । मूल गेटमै थप एउटा बम फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल […]
राजनीति
नेकपाका पोलिटब्यूरो सदस्य विरजंग अस्पतालबाटै पक्राउ
काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । बिरामी छोरालाई निदान अस्पतालको कोमामा राखेर उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले शुक्रबार दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले जानकारी दिएका छन् । काेमामा राखेर बिरामी छोराको उपचार गराइरहेका […]
महिलाहरु सधै युद्धमा हुन्छन
झण्डै तीन दशकको जातीय हिंसामा फसेको श्रीलंकाको उत्तरी वन्नी क्षेत्रमा बन्दुक पड्कन छाडेको चार वर्ष बितेको छ । दुर्भाग्यवस, अति जोखिममा परेका महिलाका निम्ति कठिनाइको भारी उस्तै छ, उनीहरुका निम्ति शान्ति छाएको अनुभव हुन सकेको छैन । उत्तरी श्रीलंकाको अल्लानकुलम गाउँकी कुगामथी कुलसेकरानको काँधमा आजभोलि तीन बच्चाको हेरचाह गर्ने जिम्मेवारी छ, र उनको एउटा बच्चा […]
कुलमानका आँशु र कान्तिपुर बगरे
यति खडेरी परेको छ कि, हातको औंलामै गन्न मिल्ने संख्यामा सीमित त्यस्ता इमान्दार ब्यक्ति छन् यो देशमा र त केही आशा जागेको छ । भरोसा पलाएको छ । र, तिनै सीमित मध्येमा परेका, जनताको आँखाको नानीझैँ प्यारामा दर्ज भएका वर्तमान समयका चर्चित व्यक्तिको नाम लिनुपर्दा उर्जामंत्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख […]
रसुवामा नयाँ शक्ति र एमालेबीच झडप १३ राउन्ड गोली चल्यो
रसुवा, ८ मंसिर । रसुवामा नेकपा एमाले र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएकाे छ । एमालेका कार्यकर्ताले अाचारसंहिता विपरित गाडी चढेकाे भन्दै एमाले कार्यकर्ताले अवराेध पुर्याएपछि दुर्इ दलका कार्यकर्ताहरुबीच झडप भएकाे हाे । राती १२ बजे भएकाे उक्त झडपलार्इ नियन्त्रण लिन प्रहरीले १३ राउण्ड गाेली समेत चलाएकाे छ । रसुवामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग […]
काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट
डोल्पा, ७ मंसिर । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो । होटेलमासँगै खाना खाने क्रममा सुरु भएको झडपले कुटाकुटको स्थिति निम्त्याएपछि ठूलीभेरी नगरपालिका-८ का जीवन भण्डारी घाइते भएको […]
क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने
काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली […]
कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप, गिरफ्तार तीन युवालाई महिलाले प्रहरीको कब्जाबाट खोसे
कालिकोट, ७ मंसिर । कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर प्रहरीले केहीबेर अगाडि तीन जना युवलाई गिरफ्तार गरेको थियो । गिफ्तार पर्नेमा बुद्धि विक, धनराज […]
प्रधानमन्त्री देउवालाई आयोगकाे २४ घण्टे अल्टिमेटम
काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै आफु अनुकूल तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवा मिलाएपछि निर्वाचन आयोगले असहमति जनाएको छ । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाको निर्देशनमा गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ जना कर्मचारीको […]
भोलि मंसिर ८ गतेको बन्दबारे नेकपाको आधिकारिक भनार्इ यस्तो आयो
काठमाडौँ । भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ । नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द […]











