काठमाडाै । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोष्टमार्टम गर्न समय लाग्ने भएका कारण आज श्रद्धाञ्जलीका लागि टुडिखेलमा राख्ने भनिएको कार्यक्रम स्थगित गरिएको हो ।
सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ बजे मात्र राखिने बताइएकाे छ ।
ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी ज्यान गुमाएका सबै सात जनाको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइ पुर्याईएको छ। टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।
सातै जनाको पोष्टमार्टम सकिने ४/५ घन्टा लाग्ने चिकित्सकले जानकारी दिएका छन ।