काठमाडौँ, १७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताएका छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने बताए । […]
राजनीति
मंसिर १४ गते तोकियो उपनिर्वाचनको मिति, स्थानीय, प्रदेश र संघीय गरी ५० पदमा मतदान हुने
काठमाडाैं, १७ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त छ। […]
गोरे र ३८ क्वीन्टल सुन प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश (आदेशको पूर्ण पाठसहित)
काठमाडौं, १७ साउन । गाेरे नामले चर्चित सुनप्रकरणमा सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा उच्च अदालतको आदेश नै सदर गरेकाे हाे । सर्वाेच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्ताे फैसला सुनाएकाे हाे । फैसलामा याे प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी […]
नमूना बनेका पूर्वकमाण्डरको निस्कर्ष : के के न गरौँला भनेर हिडियो, फर्कने ठाउँ त गाउँघर नै रहेछ
काठमाडाैं । पूर्व माओवादी कमाण्डर रहेका महोत्तरीको भङ्गाहा–४ का ३५ वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानका रुपमा फेरिएको छ । कम्मरमा झिलझिल चम्कने लालुपाते खुकुरी र काँधमा इन्सास राइफल भिरेर जनयुद्धमा लाग्दा त्यतिखेर आफ्नो पङ्क्तिमा कमरेड सुधिर नामले चिनिने नारायण दाहाल अहिले भने आफ्नो गाउँ बस्तीका साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण […]
सभामुखलाई बदनाम गराउन जुटमिलको जग्गा आक्षेप, किन लागे पत्रकारकै नेता सभामुखविरुद्ध
काठमाडौं, १७ साउन । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको नाम जोडेर सञ्चारमाध्यममा आएका समाचारको उनको स्वकीय सचिवालयले खण्डन गरेको छ । सभामुखलाई बदनाम गराउन यस्तो समाचार लेखिएको भन्दै त्यसप्रति आपत्ती समेत व्यक्ति गरिएको छ । सभामुख महराका छोरा राहुल महराले एक खण्डन पत्र सार्वजनिक गर्दै समाचार गलत र निन्दनीय रहेको र यसबाट आफ्नो […]
वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त
दमौली, १७ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताए । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उनको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता […]
चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा
काठमाडौँ, १७ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताए।नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे । मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने […]
ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप, कुटाकुटमा परी गम्भीर घाइते
काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त झडपमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्ति गम्भीर घाइते भएका छन् । नख्खु कारागार प्रशासनका अनुसार घाइते भएका काठमाडौंको वीर अस्पताल भर्ना गरिएको छ । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका […]
कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छ; अर्थमन्त्री डा खतिवडा
काठमाडौँ, १७ साउन । प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी […]
बालाजुमा मेलम्चीको पाइप सफा गर्न छिरेका दुई दाजुभाइको अड्किएर मृत्यु
काठमाडौं, १७ साउन । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो। उनीहरु […]











