उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा‍. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]

सरकारले राजेन्द्र महतोसहित ८ नेपालीको नागरिकता खोस्यो

काठमाडाैं, १९ साउन । सरकारले ८ जना नेपालीकाे नागरिकता रद्द गरेकाे छ । विभिन्न समयमा झुटाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे पत्ता लागेपछि सरकारले उनीहरुकाे नागरिकता खाेसेकाे हाे ।  मन्त्रिपरिषदकाे बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता प्रमाण पत्र रद्द गर्नेबारे साउन १६ गते गरेकाे निर्णय ३ दिनपछि अाज सार्वजनिक […]

सरकारले ल्यायो शिक्षक र कर्मचारीको नयाँ तलब, हेर्नुहोस तलवमानबारे मन्त्रिपरिषदले गरेका नयाँ निर्णय

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

३८ हजार अस्थायी शिक्षक दरवन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमाबि र माबि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरवन्दी थप्ने तयारी गरेको हो । स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ । बिद्यार्थीको अनुपातमा शिक्षकको […]

पूर्वस्वीकृति नलिइ अन्तरवार्ता लिँदै गरेका बेला नै छापा मारिएपछि यस्तो वेजोग

काठमाडौँ, १८ साउन । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृतिबिना मलेशियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज […]

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल

गोरखा, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली […]

आश्रितको गोजीको १३ सय सङ्ग्रहालयमा

रुपन्देही, १८ साउन । सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका एक हजार ३०० मा सबैको ध्यान तानिन्छ । रुपैयाँका अगाडि टक्क उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कप्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा सबैलाई कौतुहलता जाग्छ । त्यसरी सिसाभित्र राखिएका एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट […]

नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको जनअदालतको फैसला अनुसार यो पक्राउ पुर्जी जारी गरिएको दावी गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई […]

मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले […]

साविक उमावि शिक्षकहरुको स्थायित्वको लागि सडक संघर्ष गर्ने चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक्षक युनियन(हिस्टुन)ले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै युएण्टो […]