सभामुखलाई बदनाम गराउन जुटमिलको जग्गा आक्षेप, किन लागे पत्रकारकै नेता सभामुखविरुद्ध

काठमाडौं, १७ साउन । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको नाम जोडेर सञ्चारमाध्यममा आएका समाचारको उनको स्वकीय सचिवालयले खण्डन गरेको छ । सभामुखलाई बदनाम गराउन यस्तो समाचार लेखिएको भन्दै त्यसप्रति आपत्ती समेत व्यक्ति गरिएको छ ।

सभामुख महराका छोरा राहुल महराले एक खण्डन पत्र सार्वजनिक गर्दै समाचार गलत र निन्दनीय रहेको र यसबाट आफ्नो परिवारमा ठूलो पीडा परेको बताएका छन् ।

शुक्रबारको नयाँ पत्रिका दैनिकले ‘जुटमिल डुबाएर ६९ बिघा जग्गा हत्याउने षड्यन्त्रमा सभामुखदेखि प्रमुख निर्वाचन आयुक्तसम्म’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । सोही समाचारको खण्डन गर्दै छोरा महराले भनेका छने, “यो सरासर गलत र निन्दनीय छ । यो गलत समाचार लेखेर/छापेर हामीलाई बदनाम गर्ने काम भएको छ, यसबाट हाम्रो जीवन र परिवारमाथि परेको पीडा र क्षतिको पूर्ति कतैबाट पनि हुन सक्दैन ।” उनले यथार्थ र गहिराइमा नपुगी सभामुखको नाम जोडेर लेखेको समाचारले आफूलाई निकै दुखित बनाएको बताएका छन् ।

खण्डन पत्रमा महराले आफूहरुले २ बर्ष अगाडि विराटनगर जुट मिलको पब्लिक शेयर खुल्दा साधारणतर्फको ८ हजार रुपैयाँ बराबरको शेयर खरिद गर्न फारम भरेर बुझाएको तर पछि फिर्ता लिइएको जानकारी गराएका छन् । त्यसवाहेक आफूहरुको विराटनगर जुटमिलसँग कुनै पनि कुरा नजोडिने उनको भनाई छ ।

देशकै ठूलो र पुरानो राष्ट्रिय उद्योगको जग्गा हडप्न खोज्ने बिषय गम्भीर भएको बताउँदै महराले यदि कसैले त्यस्तो बदमासी गरिरहेको छ भने त्यसको गम्भीरतापूर्वक अनुसन्धान गरी लेख्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन् । उक्त समाचार एक पत्रकारका नेताले नै षडयन्त्रपूर्वक लेखाएको स्रोतको दावी छ । तर, पत्रकारका नेता नै यस्ता झुटाे समाचार बाेकेर मिडिया किन धाउँछन भन्ने नबुझिएकाे स्राेतले बतायाे । 

हेर्नुहाेस विज्ञप्ति

Loading...