कालिकोट, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध कालिकोटमा दुई वटा वम प्रहार गरिएको छ । कालिकोटको पचाल झरना गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँसभालाई सम्बोधन गर्दै गर्दा वम प्रहार भएको हो । आज बुधवार कालिकोट पचाल झरना गाउँपालिकाको वार्ड नं. ३ खार्दुमा गाउँपालिकाले गाउँसभाको आयोजना गरेको थियो । सोही गाउँसभालाई सम्वोधन गर्नका लागि […]
राजनीति
‘समृद्धिका लागि नवप्रवर्तन’
ललितपुर, २९ साउन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार बनाउन नयाँ नीति ल्याउने भएको छ । विज्ञान र प्रविधिलाई समयसापेक्ष बनाउँदै अघि बढाउन नाष्टले ‘समृद्धिका लागि नवप्रवर्तन’ नीति अघि सारेको हो । उक्त क्षेत्रमा कार्यरत व्यक्तिले आन्तरिक स्रोतसाधनको अत्यधिक सदुपयोग, पर्यवरणीय सन्तुलन, कृषिमा […]
नेकपा सचिवालय बैठक बिहीबार
काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक पनि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो […]
बहालवाला मन्त्रीलाइ पक्राउ गर्न अदालतको आदेश, पर्लान पक्राउ मन्त्री खडक
काठमाडौं, २९ साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । ‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका […]
प्रशासकीय अदालत विधेयक पारित
काठमाडौँ, २८ साउन । प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा […]
प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन: मन्त्री पण्डित
काठमाडौँ, २८ साउन । प्रदेश मन्त्रालयमा सचिव सङ्घबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदबीच नै मत बाझिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश मन्त्रालयको प्रमुख सचिव र सचिव सङ्घबाट खटाउने गरी सरकारले […]
नेकपा सचिवालय बैठक बुधबार
काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने […]
अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ
विराटनगर, २८ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५÷७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६÷७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताए । यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री […]
६७२ उपप्राध्यापक नियुक्ति गर्न तय गरिएको परीक्षा अचानक स्थगित
काठमाडौं, २८ साउन । ६ सय ७२ जना उपप्राध्यापक नियुक्त गर्न तय गरिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले फेरि स्थगित गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तयारी नपुगेका कारण उपप्राध्यापक पदको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । तर, पटक पटक परीक्षा स्थगित भएपछि यसलाई मान्छेहरुले शंकाको दृष्टिले हेरेका छन् । यसअघि […]
प्रकाशका नाममा २१ अर्ब दुवइको बैंकमा भएको प्रमाणित गर्न प्रचण्डको चेतावनी
काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र दिवंगत प्रकाश दाहालको नाममा दुबईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएको थियो । उक्त समाचार गलत रहेको दाबी […]










