वाम गठबन्धनमा लागेको एमालेको कार्यालयमा गठबन्धनकै ताला

भक्तपुर, १५ कार्तिक । वामगठबन्धन बनाएर चुनावी मैदानमा लागेकाे नेकपा (एमाले)काे कार्यालयमा ताला लागेकाे छ । याे ताला अरु कसैले नलगाइ गठबन्धनका असन्तुष्ठहरुले नै लगाएका हुन् । पार्टीले गठनबन्धन बनाएका कारण उम्मेदवारीकाे तयारी गरिरहेका धेरै ठाउँमा कार्यकर्ताहरु असन्तुष्ट बनिरहेका बेला भक्तपुरमा भने एमालेकै असन्तुष्ट कार्यकर्ताले एमालेकै कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा […]

बालकृष्णको गिरफ्तारी विरुद्ध विप्लव आक्रोशित, नेकपाले आन्दोलन गर्ने

काठमाडौं, १५ कार्तिक । माअाेवादी अान्दाेलनका नेता बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गर्ने भएकाे छ । बृहत शान्ति सम्झाैता विपरित सरकारले ढुङ्गेललार्इ गरेकाे भन्दै नेकपाले त्यसका विरुद्ध अान्दाेलन गर्ने जनाएकाे छ । विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको […]

कांग्रेस उम्मेदवारको समानुपातिक सूची सार्वजनिक

काठमाडाै । सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूची सार्ववनिक भएको छ ।कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचि सार्ववनिक भएको हो । सार्ववनिक सूचिमा समावेश गरिएका उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।   प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा […]

बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् । अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी […]

मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल

काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]

माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार

काठमाडाै‌, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]

जहाज चार्टर गरी राजधानीबाट मतदाता जिल्ला लग्दै उम्मेदवार

काठमाडाैं, १४ कार्तिक । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी […]

प्रचण्ड र केपी ओलीलार्इ एक वर्ष कैद सजायको माग

काठमाडाै‌, १४ कार्तिक । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको […]

१८ पुरुषसँगै भिड्दै एक्ली महिला

खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]

निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद

काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]