बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् । अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी […]

मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल

काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]

माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार

काठमाडाै‌, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]

जहाज चार्टर गरी राजधानीबाट मतदाता जिल्ला लग्दै उम्मेदवार

काठमाडाैं, १४ कार्तिक । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी […]

प्रचण्ड र केपी ओलीलार्इ एक वर्ष कैद सजायको माग

काठमाडाै‌, १४ कार्तिक । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको […]

१८ पुरुषसँगै भिड्दै एक्ली महिला

खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]

निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद

काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]

५ सय २९ पूर्व सांसदले राताे पासपाेर्ट फिर्ता गरेनन् (हेर्नुहाेस अटेरी नेताहरुकाे सूची)

काठमाडौं, ११ कार्तिक । व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए । अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन् । उनका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको […]

ट्रम्पले भने, “सी जिनपिङको असाधारण उचाइ”

काठमाडाैं, कार्तिक ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकालमा वासिङ्टन–बेइजिङ सम्बन्ध थप सुदृढ हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनमार्फत शक्ति संगठित गरेर ‘असाधारण उचाइ’ प्राप्त गरेको बताएका छन् । महाधिवेशनपछि सी पुनः महासचिवमा निर्वाचित भएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले सो टिप्पणी गरेका हुन् । अर्को कार्यकालका लागि निर्वाचित […]

दार्जलिङ आन्दोलनका कमाण्डरको प्रहरी नियन्त्रणमै रहेका बेला रहस्यमय मृत्यु

काठमाडाैं, ९ कार्तिक । दार्जलिङलार्इ छुट्टै राज्य बनाउन माग गर्दै सुरु भएकाे अान्दाेलनका एक कमाण्डरकाे रहस्यमय मृत्यु भएकाे छ । छुट्टै गोर्खाल्याण्डका लागि भएकाे अान्दाेलनमा निकै सक्रीयतापूर्वक नेतृत्व गरेका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का ४० वर्षीय नेता बरुण भुजेलकाे प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएकाे हाे । गाेजमाेले प्रहरीले यातना दिएर भुजेलकाे हत्या गरेकाे अाराेप लगाएकाे […]