तनहुँमा मतपेटिका ल्याउँदै गरेको टोली एम्बुसमा

तनहुँ, २१ मंसिर । मतपेटिका ल्याएर जिल्ला सदरमुकाम अाउँदै गरेको टोली एम्‍बुसमा परेको छ । तनहुँको केशव टारबाट र सीसाघाटबाट मतपेटिका लिएर अाउँदै गरेको अलग अलग टाेली एम्बुसमा परेकाे छ । स्थानीय जनताको भनाइअनुसार ६ः३० बजेतिर छुट्टाछुट्टै ठाउँमा बिस्फोटकाे ठूलो अावाज अाएको थियो । घटनाकाे थप विवरण अाउँन बाँकी छ ।

निर्वाचन अायाेगले भन्याे ६७ प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर । निर्वाचन अायाेगले अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे जानकारी दिएकाे छ । मतदान सम्पन्न भएपछि अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका […]

फुलपरासी बुथमा गोली चल्यो, घाइते ३ मध्ये एक महिलाको अवस्था गम्भीर

सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे । […]

वाम गठबन्धनले बुथ कब्जाकाे प्रयास गरेपछि सल्यानमा तनाव

सल्यान, २१ मंसिर । सल्यानकाे बागचाैरकाे शिशु जागर माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि तनाव उत्पन्न भएकाे छ । सल्यानमा माअाेवादी केन्द्र दुर्इ टुक्रामा विभाजित भएर चुनावमा सहभागी भएकाे छ । एउटा समूह वामगठबन्धनमा छ भने अर्काे समूह बागी बनेकाे छ । नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै […]

गाउँ र नगरपालिकाले चर्को कर उठाउन थालेको भन्दै नेकपाले दियो चेतावनी

काठमाडौं, २० मंसिर । नवगठित गाउँपालिका र नगरपालिकाहरुले गाउँमा चर्को कर उठाउन थालेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा जाजरकोटका इन्चार्ज अनुकूलले एक विज्ञप्ती जारी गर्दै सो आपत्ती जनाएका हुन् । जनतालाई सेवा र सुविधा दिनुभन्दा सुरुमै चर्को कर थोपरेर नयाँ संरचनाले जनतामाथि अन्याय गर्न थालेको उनले बताएका छन् । विगतका सरकारले […]

सुर्खेतमा मतदान केन्द्र प्रमुखसहित २१ जना कर्मचारी कब्जामा

सुर्खेत, २० मंसिर । सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरिमावि तरङ्गा मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोली स्थानीयवासीले कब्जामा लिएका छन् । मंगलबार राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगायतको टोलीलाई पनि स्थानीयले कब्जामा लिएका हुन् । मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट […]

कांग्रेस नेता निधिको आक्रमणमा परी राजपा नेता महतोको टाउको फुट्यो

धनुषा, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा भएकाे अाक्रमणबाट उनकाे टाउकाेमा चाेट लागेकाे छ । धनुषा-३ बाट उम्मेदवार रहेका महतोमाथि भएकाे अाक्रमणमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे हात रहेकाे बताइएकाे छ । राजपा नेता महताेले अाफूमाथि निधिले अाक्रमण गरेकाे अाराेप लगाएका छन् । निधि […]

सुरक्षाकर्मीको घेराभित्रै लेखराज भट्टको घरमा वम विष्फोट

काठमाडौँ, १९ मंसिर । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ । भट्टकाे घरकाे सुरक्षाका लागि सुरक्षाकर्मी राखिएकाे भए पनि त्यसकैबीचमा वम विष्फाेट भएपछि त्यस वरपर त्रास फैलिएकाे छ । कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडि बम विस्फोटको ठूलो […]

माओवादी नेता खगराज भट्ट चढेको गाडी डडेल्धुरामा एम्बुसमा पर्यो

डडेल्धुरा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ । सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा भट्ट सवार गाडी अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको हो । एम्बुसमा परेका नेता भट्ट भने सकुशल रहेको बताइएकाे छ । एम्बुसमा परेकाे गाडीमा भने क्षति पुगेको छ । घटनाबारे थप विवरण […]

बम प्रहारबाट पूर्वमन्त्री गगन थापा घाइते, गम्भीर घाइते थापालार्इ टिचिङ अस्पतालमा लगियो

काठमाडाैं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि बम प्रहार भएकाे छ । बम प्रहारबाट थापा घाइते भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता थापालार्इ लक्षित गरी प्रहार गरिएकाे बम विष्फाेटबाट थापासहित ८ जना घाइते भएका छन् । काठमाडाैकाे बुढानिलकन्ठ चपली हाइटमा रहेकाे […]