विप्लव नेकपाद्वारा सोमबार चितवन बन्दको आव्हान

चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले भोलि चितवन बन्दको आह्वान गरेको छ ।

पार्टीका चितवन सेक्रेटरी ध्रुव र ईन्चार्ज शार्दुलद्वारा जारी हस्ताक्षर बिज्ञप्तीमा राप्ती नगरपालिका-११ स्थित आहोलेवाङ्गं भन्ने गाउँमा पाटीले बनाएको प्रतीक्षालय प्रहरीले एकाएक भत्काएको विरोधमा भोलि सोमवार चितवन वन्दको आव्हान गरेको जनाएको हो ।

जनतालाई आतंकित बनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने कार्यले आफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ देखाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Loading...