सिनामंगलमा भयानक दुर्घटना, टिपरले ३ बाइकलाई ठक्कर दिँदा १ को मृत्यु ४ घाइते

काठमाडौंं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ४ गम्भीर घाइते छन् । घाइतेहरुको के एमसी अस्पतालमा उपचार भैरहेको छ ।

गौसालातर्फ जादै गरेको एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा उक्त हताहती भएको हो ।
आइतबार साँझ ना ३ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ र न ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटना गराउने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मृतक तथा घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । थप विवरण आउँन बाँकी छ ।

Loading...