सुर्खेत, २७ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताएका छन । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उनले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाए । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री भण्डारीले भने “सरकारले गत […]
राजनीति
‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’: पूर्वप्रधानमन्त्री खनाल
इलाम, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए । इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उनले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गरे। उनले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल […]
रौतहटमा दर्जनौ राउन्ड गोली चल्यो, गएरातिदेखि पटक पटक झडप
रौतहट, २६ भदौ । प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा गोली चलेको छ । छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि भएको विवादले अन्ततः झडपको रुप लिएर गोलीसम्म चलेको हो । ननस्टपखबरका स्थानीय संवाददाताका अनुसार प्रहरीले पचास राउन्ड गोली चलाएको र तीन दर्जनजति अश्रुग्याँसका गोला हानेको थियो । मूर्ती तोडफोडकोे विषयले बुधवारदेखि रौतहटको […]
विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ: सञ्चारमन्त्री
काठमाडौँ, २६ भदौ । राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गरेका थिए। विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताउ । […]
संविधानको भावना अनुसार भूमि सुधारका कार्यक्रम ल्याउन माग
काठमाडाँै, २६ भदौ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बैठकमा उनले भने,“समानताका लागि भूमिसुधार आवश्यक पर्छ । भूमि सुधारमा राजनीतिक दलले किन चासो देखाएनन् रु भूमिसुधारलाई कनिका छराईका रुपमा हेरिनुहँुदैन । संविधानको भावना अनुसार भूमि सुधार आवश्यक […]
सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार
चितवन, २६ भदौ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताए । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हँुदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताए । हेटौँडा क्याम्पस सञ्चालक समितिको […]
उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन
परासी, २६ भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गरेका छन । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उनले स्थलगत अवलोकन भ्रमण गरेका हुन । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको […]
भ्रष्टाचारमा बागलुङ जिल्ला पाँचौँ स्थानमा
गलकोट, २६ भदौ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो […]
कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने
पोखरा, २५ भदौ । कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका […]
राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड
चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताए । आफ्ना ठूला बुबासमेत रहेका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे । आफ्ना गुरु बासमेत रहेका कुलप्रसादको सम्झना […]









