काठमाडौँ, १५ असोज । सम्बन्धित विषयका जानकारहरुले भूमिसुधारको मुद्दालाई सम्बोधन गर्न र जीविकोपार्जनका लागि भूमिमाथि आश्रित घरपरिवार तथा समुदायको भूमिमाथिको पहुँच अभिवृद्धि गर्न एकीकृत कानूनको आवश्यकतामा जोड दिएका छन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, सामुदायिक आत्मनिर्भर केन्द्र र न्याय तथा अधिकार संस्थाले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले खाद्य, आवास, भूमिलगायत विषयलाई एकीकृत रुपमा सम्बोधन […]
राजनीति
‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’
काठमाडौँ, १५ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताए । पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको […]
बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्ने:भट्टराई
काठमाडौँ, १४ असोज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै […]
सभामुख द्वारा छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा
काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन । उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उनले भनेका छन, ‘‘हिजो सोमबार देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, […]
महराले भने, मेरो राजिनामा छानविन नसकिदासम्मका लागि मात्र
काठमाडौं, १४ असोज। सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । अाफ्नै मातहतकी एक कर्मचारी माथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका सभामुख महराले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्दै राजिनामा दिएकाे विज्ञप्तिमार्फत जानकारी गराएका छन । सभामुख महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका […]
सभामुखलाई राजीनामा दिन नेकपाको सुझाव
काठमाडौँ, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सभामुखको नैतिक […]
चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल
हेटौँडा, १४ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय […]
मुख्य मन्त्री समक्ष प्रतिवेदन प्रस्तुत
हेटौँडा, १३ असोज । प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाएका छन । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र तर्जुमा हुन बाँकी ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरुको विवरणसहितको प्रतिवेदन बुझाएका हुन । […]
वर्तमान संविधान जनताले निर्माण गरेको: पूर्वसभामुख नेम्वाङ
इलाम, १३ असोज । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला […]
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
काठमाडौँ, १३ असोज । नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार […]









