महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने कानुन व्यवसायीको भनाई, यस्तो छ फर्गेट एस्टर्डेले पु¥याएको क्षति

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासमा दोषी करार नमिल्ने कानुन व्यवसायीहरुले बताएका छन् । आरोप लगाउने महिलाले नै यस कुराको खण्डन गरेकाले अब महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने उनीहरुले बताएका हुन् । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै विभिन्न संविधानविद्हरुले महराको सभामुखमै पुनर्वहाली हुने सम्भावना भने नरहेको बताएका छन् । […]

रेनु दाहाललाई सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेलाई कार्वाही हुने

चितवन । चितवनमा शनिबार ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणसँग जोडेर भरतपुर महानगरपालिका मेयर रेनु दाहालको चरित्र हत्या हुन थालेपछि प्रहरी अनुसन्धानमा सक्रिय भएको छ । प्रहरीले रेनु दाहालको मानमर्दन तथा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमा अभिव्यक्ति र सामग्री सार्वजनिक हुन थालेपछि अनुसन्धान शुरु गरेको हो । ‘ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई जोडेर मेयर रेनु दाहाललाई गालीगलौज […]

महरालाई महिलाको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’

राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ । एम सर वान (महरा सर १ हुनसक्ने) […]

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन्ः मुख्यमन्त्री शाही

मान्म, १६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताए । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताए। कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताए । “स्याउ, सिमी […]

मित्रताको मूल्य नै सर्वाधिक हुन्छ: प्रम ओली

 काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताए । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता […]

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरे । मन्त्री बाँस्कोटाले भने,“हामीलाई गरीबी चुनौती […]

विकासको अभियानमा मिलेर अगाडि बढौँ: महासचिव पौडेल

रुपन्देही, १६ असोज । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरे । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उनले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे।  उनले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने […]

महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका […]

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति

काठमाडौँ, १५ असोज । काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको […]

प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’ को सङ्कल्पले अभियानकर्मी उत्साहित

काठमाडौँ, १५ असोज । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन […]