यस्तासम्म छन जनयुद्धकालीन माओवादी नेताहरुका यौन दुर्व्यवहारका कथा

यो जनयुद्धकालमा बिबाह गरेको एक वर्ष नपुग्दै श्रीमान गुमाएकी सहिद पत्नीको डायरी हो । उज्यालोको खोजीमा नामक पुस्तक ल्याएकी सहिद पत्नी खिमा रिजालको यो डायरी हालै घटेका केही घटनाहरुले अझ सान्दर्भिक बनेको छ । माओवादी नेताहरुमा देखा परेको वैचारिक विचलन जनयुद्धकालपछि शान्तिप्रक्रिया सुरु भएसँगै घटेका घटनाक्रमहरुलाई अध्ययन गर्नुपर्ने हुन्छ । माओवादी जनयुद्धका धेरै पाटाहरु छन् […]

दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक

काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरूबीच वित्तीय एकता हुनुपर्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य’ विषयक सत्रमा सम्बोधन गर्दै उनले दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण र आपसमा गहिरो आवद्धतालगायत यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा […]

महरालाई पक्राउ गर्न गृहमन्त्री बादलको आदेश, प्रहरीमा बलात्कारको मुद्दा दर्ता

काठमाडौँ । रोशनी शाहीमाथिको बलात्कार प्रकरणमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता भएको छ । रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी हुन् । गृह मन्त्रालय स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै […]

भक्तपुरमा महेश बस्नेतले दिए ९८ परिवारलाई लालपुर्जा

भक्तपुर, १८ असोज । सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गर्नुभएको छ । वडा कार्यालयले आज दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका उनले लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन् । सयौँवर्षदेखि चित्रपुर बस्तीका रूपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपुर्जाविहीन […]

बाबुरामले यसरी खोतले महराको विगत, युद्धकालमै यस्तो गर्थे महरा

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने […]

प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका तर सञ्चालनमा नआएका पाँच काम

निर्माण सम्पन्न भएपछि देशका कार्यकारी प्रमुखले उ‌द्घाटन गरेका त्यस्ता निर्मित संरचना नियमित काममा आउँछन् भन्ने सर्वसाधारणलाई लागेको हुन्छ। कार्यकारी प्रमुखले उ‌द्घाटन गरेको मात्र नभई सम्पन्न भएका विकासका संरचना सञ्चालनमा आउनै पर्छ। नेपालमा भने त्यस्ता धेरै संरचना छन् जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर उ‌द्घाटन गराइएका छन् तर काममा भने करिब एक वर्ष पुग्न लाग्दा पनि […]

भौतिक पूर्वाधारमा चिनियाँ सहयोग : जनस्तरमा विस्तारित सम्बन्ध

काठमाडौँ, १७ असोज । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । […]

सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

बुटवल, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित […]

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने : उपसभापति गच्छदार

विराटनगर, १७ असोज । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन […]

चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत […]