काठमाडौँ, २१ असोज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड हो भनेका छन् […]
राजनीति
नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन
गलेश्वर २० असोज । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई […]
नेपाल र चीनबीचको ऊर्जा समझदारी : लगानी र सहकार्यको क्षेत्र
काठमाडौँ, २० असोज । नेपाल र चीनबीचको सदियाै पुरानो सम्बन्धलाई जोड्ने नयाँ आयाम समयक्रमसँगै थपिँदै गएका छन् । करीब दुई दशकपछि चिनियाँ उच्च राजनीतिक नेतृत्व नेपाल भ्रमणमा आउन लागेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोजको अन्तिम साता गर्न लाग्नुभएको नेपाल भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण मानिएको छ । यसका अलावा दुई […]
काठमाडौं महानगरका मेयरले लगाए उपमेयरमाथि गम्भीर आरोप
काठमाडौँ, २० असोज । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै उपमेयरमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीमाथि आरोप लगाएका हुन् । शाक्यले महानगरले अहिले धुलोमुक्त शहर बनाउन लागेको तर त्यसमा उपमेयरनै अवरोध बनेको बताएका छन । उनले काठमाडौं सहरलाई धुलोमुक्त सहर बनाउने अभियानकै क्रममा खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरूपमा शुरु गरिएको कालोपत्रमा […]
चिनियाँ राष्ट्रपतिका लागि यसरी सजाइदैछ राजधानी (फोटो फिचर)
काठमाडौ, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले व्यापक तयारी बढाएको छ । करिव २३ वर्षपछि हुन लागेको राष्ट्रपति तहको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । छिमेकी देशका राष्ट्रपतिको यो भ्रमणलाई सफल बनाउन र स्मरण योग्य बनाउन सरकारले सहरमा उच्च सुरक्षा व्यवस्था गर्नुका साथै सहरलाई सुन्दर बनाउन पनि लागेको छ । […]
महरालाई पाँच वर्ष जेल सजाय गराउने भित्री तयारी
काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ पाँच वर्षसम्म जेल सजाय हुन सक्ने देखिएको छ । उनीमाथि लागेको आरोप पुष्टि भएमा मुलुकी फौजदारी संहिता २०७४ अनुसार उक्त सजाय हुनसक्ने व्यवस्था छ । आइतबार साँझ ६ बजे बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका महरालाई अहिले सिंहदरवारस्थित महानगरीय प्रहरी बृतको हिरासतमा राखिएको छ । […]
पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय
काठमाडौं, २० असोज । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यबहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए । दिउँसोमात्रै काठमाडौँ […]
महराको हिरासत यात्रा-पतन र षड्यन्त्रको मार्गमा
काठमाडौं, १९ असोज । महराको सभामुख निवासबाटै हिरासतको यात्रा तय भएको छ । निवर्तमान सभामुख महरामाथि रोशनी शाहीले दिएको किटानी जाहेरी, काठमाडौँ अदालतले दिएको अनुन्धानको अनुमति, वादल र प्रचण्डगुटको स्वीकृति पछि महराको हिरासत यात्रा तय भएको हो । महराको हिरासत यात्रा निष्पक्ष छानविनमा आधारित हुनेछ वा महरामाथि षड्यन्त्रको नयाँ चक्रव्यूह रचना गरिनेछ । योभने अझैँ […]
मलिन अनुहारमा बसेका महरालाई प्रहरीले यसरी पक्राउ गर्यो
काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आधारमा प्रहरी अहिलेसम्म उनी बस्दै आएको सरकारी निवास बालुवाटारमा पुगेको थियो […]
महरालाई पक्राउ गर्न सभामुख निवास पुग्यो प्रहरी
काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा हालसम्म बस्दै अाएकाे बालुवाटार स्थित सरकारी निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । यसअघि महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियाे । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई […]










