महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका साथ एउटा स्टाटस लेख्दै भनेका चित्रजंग शाहीले आफूहरुले २८ वर्षको सम्बन्धलाई तोडेको जानकारी गराएका छन् । उनले फेसबुक पोस्टमा भनेका छन, हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।

हातले लेखेको सम्बन्ध विच्छेदको पत्रमा उनीहरुले थप कानुनी प्रक्रिया भने निरन्तर जारी रहने जनाएका छन् । साथै आफूहरु दुबै जनाले खुसीका साथ नै अलग अलग बस्ने निर्णय गरेको बताएका छन् । पत्रमा चित्रजंग शाही र रोशनी शाहीले हस्ताक्षर समेत गरेका छन् । सम्बन्ध विच्छेद पत्रमा भनिएको छ । प्रियजनहरु, थुप्रै उतारचढावकाबीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुसीसाथ अलग बस्ने निर्णय गरेका छौ । कानुनी प्रक्रिया निरन्तरताका साथ ।

यस्तो छ पति चित्रजंगले फेसबुकमा सार्वजनिक गरेकाे सम्बन्ध विच्छेदको पत्र

 

यससँगै यो काण्डले गम्भीर मोड लिएको छ । पहिलो दिन हाम्राकुरा डटकम अनलाइनका सम्पादक अजयवावु सिवाकोेटीसँग गरेको भनिएको भिडियो कुराकानीमा महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर त्यसमा कुनै पनि सत्यता नभएको दावी गर्दै आएकी छन् । साथै उनले पत्रकार अजयवावु शिवाकोटीको फोटोसहितको एक समाचार आफ्नो फेसबुकमा सेयर गर्दै उनलाई रअको पत्रकार भनेर गाली समेत गरेकी छन् ।

मध्यरातमा रोशनी शाहीले कांग्रेस सांसद उमा रेग्मीसँग टेलिफोन गरेर भनेको कुराका आधारमा यो सबै घटना अघि बढेको देखिन्छ । रोशनी शाहीले पछिल्लो समय आफूले ‘रिस उठेका बेला को सँग फोन गर्छु र के भन्छु केही थाहा नहुने’ कुरा प्रष्ट पार्ने गरेकी छन् ।

रोशनी शाही आफैले यसको विभिन्न टेलिभिजन र अन्य मिडियासँग कुरा गर्दै खण्डन गरे पनि यसलाई आमरुपमा भने पत्याइएको छैन । यो सभामुख र उनको टिमको दवावबाट रोशनीको बोली फेरिएको दावी पनि गरिएको छ । यससँगै रोशनीको सुरुको समाचार र भिडियो कसरी बनेको हो भन्ने पनि अध्ययनको विषय बनेको छ । पत्रकार शिवाकोटी रोशनी शाहीको कोठाको ढोका ढकढकाउन उनीसँग समय नै नलिएर कसरी पुगे भन्ने प्रश्न पनि छ । तर, हाम्राकुरा डटकम अनलाइनले पहिलो दिन रोशनी शाहीसँग गरेको भिडियो कुराकानीका दुई भाग नै सार्वजनिक गरिसकेको छ । यी सबै कुराबाट महरा फुत्कन सक्ने ठाउँ भने देखिदैन । 

एक कुराकानीमा कांग्रेस तथा नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले रोशनीले आइतबार राति साढे ११ बजे टेलिफोन गरेर महराले आफ्नो सर्वस्व लुटेको, रक्सीको बोतलसहित कोठामा आएको र कुटपिट गरेर बलात्कारको प्रयास गरेको जानकारी गराएको बताएकी छन् । रोशनीले टेलिफोनमा जानकारी गराएपछि सांसद रेग्मीले त्यो कुरा नेपाली कांग्रेसका युवा नेता गगन थापासहितका नेताहरुलाई भनेको पनि प्रष्ट पारेकी छन् ।

स्राेतका अनुसार गगन थापा लगायतका नेताले याे विषयमा के गर्ने भन्ने बारेमा केही छलफल पनि गरेका थिए । पछि नेपाल प्रेस युनियनका महासचिव समेत रहेका तथा हाम्रा कुरा डटकम अनलाइनका संस्थापक प्रधान सम्पादक अजय वावु शिवाकाेटीले सांसद रेग्मीसहित कांग्रेस नेताहरुसँग कुरा गरेर राेशनी शाहीकाे काेठामा पुगेकाे बताइन्छ । 

जाजरकाेटकाे बारेकाेट स्थायी घर भएका स्वास्थ्यकर्मी चित्रजंग शाही माअाेवादी नेताहरुसँग २०४६/०४७ सालदेखि नै नजिक रहँदै काम गरेर अाएका हुन् । दाङमा बसेर अध्ययन गरेका शाहीले दाङबाटै राेशनी शाहीसँग विवाह गरेका हुन् । उनी यसअघि जाजरकाेटी नेता शक्ति बस्नेत गृहमन्त्री छँदा उनकाे निजी सचिव पनि भएका थिए । श्रीमती शाहीसँग उनकाे सम्बन्ध यसअघि पनि त्यति राम्राे नभएकाे उनी नजिकका अाफन्तहरु बताउँछन । यसअघि पनि उनीहरुबीच पटक पटक सम्बन्ध विच्छेदकाे कुरा चल्दै अाएकाे थियाे । 

हेर्नुहोस रोशनीको खबर मिडियासम्म पुर्याउने कांग्रेस सांसद उमा रेग्मीसँगको अन्तर्वार्ता

राेशनी शाहीले पत्रकार अजय वावु शिवाकाेटीबारे भनेकाे अर्काे सामाग्री

 

Loading...