महराले भने, मेरो राजिनामा छानविन नसकिदासम्मका लागि मात्र

काठमाडौं, १४ असोज। सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । अाफ्नै मातहतकी एक कर्मचारी माथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका सभामुख महराले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्दै राजिनामा दिएकाे विज्ञप्तिमार्फत जानकारी गराएका छन ।

सभामुख महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । महराले आफ्नो राजिनामा छानविन प्रक्रिया नसकिएसम्मका लागि मात्र भएको प्रष्ट पारेका छन् । उनले यो कुरा राजिनामा पत्रमै स्पष्ट उल्लेख गरेका छन् । त्यसैगरी सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले यो राजिनामा सभामुख पदबाट मात्र भएको बताएका छन् । 

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाब दिएको थियो । महरामाथि जाजरकोट घर भएकी संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । सभामुख महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

आइतवार राती मदिराले लठ्ठ भइ काठमाडौको तिनकुनेस्थित उनकै डेरामा गएर सभामुख महराले बलात्कार प्रयास गरेको उनको आरोप रहेको छ । उनले आफ्नो करीब ३० वर्षदेखि सभामुख महरासंग चिनजान भएको तर आइतवार जवर्जस्ती करणी गरेपछि बाध्य भएर उनीविरुद्ध बोल्नु परेको एक अनलाइनलाई अन्तर्वार्ता दिंदै भनेकी छिन् ।

सभामुख महराको सचिवालयले भने जवर्जस्ती करणीको आरोप निराधार भएको भनेकाे छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ- “यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।”

यस्तो छ महराको राजिनामा पत्र

Loading...