काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । होलीकाे दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले […]
राजनीति
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे । ‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन […]
रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दनलाई गरे समर्थन
सुर्खेत। रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् । शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए । यसअघि यहाँ नेकपा एमालेले पनि […]
नेकपा बहुमतका महासचिव कञ्चन १० दिनपछि रिहा
काठमाडौं । नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन् । बिहिबार सर्बोच्च अदालतले कञ्चनलाई हिरासतमा राख्न नहुने भन्दै छाड्न आदेश दिएको हो । प्रहरीले फागुन ५ गते गिरफ्तार गरी १० दिनसम्म हिरासतमा राखेको थियो । कञ्चनको गिरफ्तारी गैरकानूनी भएको भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाई गर्दै बहुमतका महासचिव कञ्चनलाई गिरफ्तार […]
नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकाे निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । ‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सूक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको […]
रञ्जित तामाङलाई फोन गर्दै प्रचण्डले भने – जितेर आउनुस् मन्त्री बनाउँछु
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले तामाङलाई फोन गरेका हुन् । तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् । प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा […]
आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका […]
चुनावको मुखैमा सिंगापुर उडे देउवा
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले बतायो । आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेको पार्टीमा चर्चा […]
नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने प्रचण्डको दाबी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी गरेका हुन् । ‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ । हामीले ‘इफ’, ‘बट’ केही राखेका छैनौँ । सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले […]
सर्वोच्च अदालतको आदेशपछि छुटे दुर्गा प्रसाईं
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं छुटेका छन्। सर्वोच्च अदालतको आदेशपछि बुधबार प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका हुन्। फागुन ४ गते पक्राउ परेपछि उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो। मंगलबार नै […]











