काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको जसपाले झण्डै तीन महिनापछि प्रमाणपत्र पाएकाे हाे । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जसपाले प्रमाणपत्र पाएपछि एक विज्ञप्ति जारी गरेकाे छ । जसपाका अध्यक्षद्वय […]
राजनीति
भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे भारतलाई पठायो नेपालले कूटनीतिक नोट
काठमाडौं । केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको बताइएको छ। ‘न्यूनतम पेशागत मर्यादा पनि कायम […]
अचम्मका शर्त राख्दै महासंघले गर्यो सार्वजनिक यातायात नचलाउने निर्णय
काठमाडौं, २६ असार । सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि यातायात व्यवसायीहरूले भने यातायात नचलाउने अडान लिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यातायात नचलाउने निर्णय गरेको हो । महासंघले विभिन्न शर्तहरु सरकारसमक्ष राख्दै ती शर्तहरु पूरा भए मात्र यातायात सूचारु गर्ने निर्णय गरेको छ । साथै महासंघले […]
बोर्डरमा बिहानै गोलावारी, गोरखा घर भएका सैनिक गुरुङको मृत्यु
नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिककाे मृत्यु भएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहानै भएको गोलाबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालकाे गाेरखा घर भएका सम्वर गुरुङ रहेका छन् । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा […]
सप्तकोशीको वहाव खतरा स्तर पार गर्यो, कोशी ब्यारेजका ३८ ढोका खोलियो
सुनसरी, २६ असार । पानीकाे वहाव उच्च बनेपछि काेशी ब्यारेजका ३८ वटा ढाेका खाेलिएकाे छ । बिहीबारदेखि परेकाे पानीका कारण सप्तकाेशीमा पानीकाे सतह निकै बढेकाे छ । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेकाे छ । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बगिरहेकाे […]
विश्व बैंकबाट ५४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय
काठमाडौँ । सरकारले विश्व बैंकको ५४ अर्ब रुपैयाँ बराबरकाे ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे । विश्व बैंकबाट लिइएकाे याे ऋण सहयोग नेपालकाे रणनीतिक सडक सञ्जाल […]
सदस्य मोहना अन्सारीको ट्वीटप्रति मानव अधिकार आयोगका अध्यक्षको आपत्ती
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीले समाजवादी दलकी नेतृ सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे सामाजिक संजाल ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेका छन् । गिरीलाई विषयमा अन्सारीले सामाजिक संजालमा लेखेको विषयले आयोगको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले […]
भारतीय मिडियाले पीत पत्रकारिताको निकृष्ठ नमूना देखाए: पत्रकार महासंघ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी […]
भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारणमा रोक
काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् […]
सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा
काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]











