रामचन्द्र, शशांक र सितादेवीले दिए सभापति देउवाविरुद्ध उजुरी

काठमाडौँ । सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन्। पार्टीका विभागलाई २८ […]

मलेपको प्रतिवेदनले औल्यायो १९ बुँदामा वर्तमान सरकारका यस्ता गम्भीर कमजोरी

काठमाडौं, ३१ असार । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले वर्तमान सरकारले गरेका दावीकाे प्रदाफास गरदिएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको मलेपकाे प्रतिवेदनले सरकार कहाँ कहाँ नराम्ररी भाँसिएकाे छ भन्ने छर्लङ्ग पारेकाे छ । यसबाट देशलाइृ सुशासनकाे मार्गमा धकेलेकाे भ्रष्टाचार राेकेकाे तथा विकासका कामकाज तीब्रतामा अघि बढाएकाे भनेर दावी गर्ने प्रधानमन्त्री केपी अाेलीकाे […]

बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

  काठमाडौं, ३१ असार । देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएकाे पहिरोका […]

६ खर्ब ६४ अर्ब बढी रकम कहाँ खर्च भयो भन्ने भन्नै सकेन सरकारले

काठमाडौं, ३१ असार । सरकारको वेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । मलेपको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५र७६ मा सरकारले खर्च गरेको तर प्रमाणित गर्न नसकेको सो रकमलाई बेरुजुमा राखेर प्रतिवेदनमा समावेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि सरकारको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ […]

नेकपाका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन गिरफ्तार

धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुन कैलालीकाे धनगढी नजिकैकाे कनरी भन्ने ठाउँबाट पक्राउ परेको बताइएकाे छ । प्रहरीले केही दिनदेखि उनकाे पिछा गरिरहेको र कैलालीकै फुलवारी भन्ने ठाउँबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

राम र अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति मोदीको पार्टीले गर्यो निन्दा

काठमाडौं, ३० असार । भानु जयन्तिका दिन बालुवाटारमा अायाजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अयाेध्या र प्राचीन अयाेध्याका राजकुमार रामका बारेमा गरेकाे टिप्पणीकाे सर्वत्र अालाेचना भएकाे छ । यसैक्रममा भारतकाे सत्तारुढ दल भारतीय जनता पार्टीले समेत अाेलीकाे अभिव्यक्तिकाे निन्दा गरेकाे छ । सोमबार प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण […]

प्रतिबन्धको जवाफ प्रतिबन्धबाटैः अमेरिकी सिनेटर क्रुज र रुबिओमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडाैं । चीनले अमेरिकाका शीर्ष व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । चीनले रिपब्लिकन सिनेटर टेड क्रुज र मार्को रुबिओसहितका शीर्ष अमेरिकीमाथि प्रतिबन्ध लगाएको हो । युगुर मुलमान समुदायमाथि चीनले ज्यादती गरेको भन्दै अमेरिकाले हालै चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफमा चीनले रिपब्लिकन सिनेटर क्रुज र रुबिओसहितमाथि प्रतिबन्ध लगाएको […]

भारतका कारण तराई क्षेत्र डुवानमा : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन् । भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुवानमा परेको उनले बताएका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सीमामा भारतीय पक्षले बनाएका सडकका कारण पानीको निकाश नभएको र नेपालको तराइमा डुबानको समस्या सामाधान हुन् नसकेको बताए […]

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव, सुरक्षाकर्मीलाइृ हेलिकोप्टरमा खाद्यान्न ढूवानी, जनता भने भोकै

दार्चुला, २९ असार । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो […]

भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा […]