काठमाडौं । कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो […]
राजनीति
विपक्षि गठवन्धनले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमबिरुद्द सशक्त प्रतिकार गर्ने निष्कर्षमा
काठमाडौँ। विपक्षि गठबन्धन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , माधव नेपाल समूह र राष्टिय जनमोर्चाले राष्ट्रपति र प्रधामन्त्रीको पछिल्लो कदमलाई बिरोध जनाउदै सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिले एकपछि अर्को संविधानको […]
कोरोनाकालमा पनि कर बढाएका क्षेत्रहरु
काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै सरकारले चुरोट, सुर्ती र मदिराजन्य वस्तुको कर बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले ती वस्तुको कर बढाए पनि मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेका छन्। उनका अनुसार भन्सार महसूलका दरहरूमा सामान्य समायोजन गरिएको छ भने बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ। बजेट […]
बजेटमाथि डा. भट्टराईको प्रतिक्रियाः नहुने चुनावको एमाले घोषणापत्र
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्। पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै […]
कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि वजेटमा दिइएका छुट
काठमाडौं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने जनाएको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]
वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]
यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको […]
शम्भुथापा, भिमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवालीको लाइसेन्स रद्द गर्न महान्यायाधिवक्ताको माग
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भिमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवालीको अधिवक्ताको लाइसेन्स खारेज गरिनु पर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई राय दिएर रिटको पक्षमा बहस गर्न आएका अधिवक्ताहरूको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ । ‘रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तीनै जनालाई निवेदकहरूले विपक्षी […]
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका छन् । यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा प्रस्तुत गरेका हुन् । यसबाट विगतमा राष्ट्रपतिले दुवै संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षका लागि नीति […]
एमालेका मन्त्रीहरु थपेर सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर […]









