‘ हामीलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेका छन् तर, हामी सिद्धिएनौं ’ – प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेकालाइ एमाले अध्क्षय केपी ओली तिर इसारा गर्दै ‘ तर हामी सिद्धिएनौं ‘ भनेका छन्।
अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
अध्क्षय दाहालले क्रान्तिकारीहरु नयाँ संकल्प सहित पार्टीलाई रुपान्तरण गर्न सम्भव भएको बताए। उनले कार्यकर्ता बिग्रेको नभई नेता बिग्रेको हो भन्दै अब सच्चिनुपर्नेमा जोड दिए । उनले ‘ प्रतिक्रान्ति र प्रतिगमन विरुद्ध कहिल्यै झुक्दैनौ, हामि सच्चिनुपर्छ, आत्मसमिक्षा गर्नुपर्छ। देशलाई दुर्घटनाबाट बचाउन हामी सच्चिनुको विकल्प छैन। रुपान्तरित हुनुको विकल्प छैन।’ उनले भने।
आगामी पार्टीको राष्ट्रिय सम्मेलनबाट २० प्रतिशत युवालाई पार्टीको केन्द्रीय सदस्य बनाउने योजना रहेको उनले बताए।

Loading...