बन्चरेमा फोहर व्यबस्थापन गर्न विभागको सर्त, महानगर आदेश नमान्ने पक्षमा

 

काठमाडौँ।  शहरी विकास तथा भवन निर्माण विभागले तयार परेको नयाँ ल्याण्ड फिल साइत धादिंगको छत्रे देउराली स्थित बन्चरेमा फोहर ब्यबस्थापन गर्न काठमाडौं महानगरपालिकालाई विभिन्न सर्त राखे पछि प्रतिउत्तरमा महानगरले सो सर्त भित्रमा रहेर फोहोर विसर्जन गर्न नसकिने बताएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले महानगरले आधिकारिक निर्णय गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने र त्यसको दैनिक अनुगमन गरी गुणस्तरीय ढंगले फोहोर विसर्जन गर्नुपर्ने उल्लेख गरि पत्राचार गरेका थिए ।
फोहोरमैला व्यस्थापन गर्न स्थान अभावलगायतको समस्या उत्पन्न भएको सन्दर्भमा कामपासहितको उपस्थितिमा शहरी विकास मन्त्रालयको सचिवको अध्यक्षतामा भएको बैठकमा कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले विभागले महानगरलाइ बिभिन्न सर्त टेकेर फोहोर विसर्जन गर्न आग्रह गर्नु गलत भएको र सो पत्रका आधारमा फोहोर व्यवस्थापन गर्न नसकिने बताए।
बैठकले फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई भएको र त्यस निकायको सबैभन्दा ठूलो स्थानीय तह कामपा भएकाले सोको जिम्मेवारी कामपालाई लिन आग्रह गरेको थियो।

स्थानीय संघर्ष समितिले गएको सोमबार कुडुल्ले बन्चरेडाडा कार्यक्रम गरि सिस्डोल ल्याडफिल सित क्षेत्रमा कालो पट्टी र कालो व्यानरमा राखेर फोहोर र मान्छे सँगसँगै बस्न सकिदैन अन्यथा आफ्नो फोहोर आफैं व्यवस्था गर भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेका थिए ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिङ्ग छत्रे देउराली धुनु वेशी बञ्चरेमा बन्दै गरेको ल्याण्ड फिल साइटको पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको भवन बिभागका कर्मचारीले बताएता पनि स्थानीय यो मान्न तयार छैनन्। संगै बनाउने भनिएको दोश्रो ‘सेल’ को निर्माणको थालनी कहिले हुने हो निश्चित भएको छैन। फोहर बात निस्किने तरल प्रदार्थ लिच्चद जम्मा हुने ट्यांकी निर्माण भैसके पनि फिल्टर प्लान भने अलपत्र नै रहेको उनीहरुको आरोप छ।

सिसडोलमा वि सं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । हाल फोहरले भरिसकेको यस स्थान सम्म जान साना सवै साधन जान सक्ने अवस्था छैन। निकै दुर्गन्धित सिसडोल पुग्ने स्थानमा ३०० भन्दा बढी घर रहेका छन् । स्थानिय साइलो बहादुर बलामी भन्छन ‘ स्वर्ग जस्तो हाम्रो गाउँ अहिले नर्क भन्दा कम छैन ’

उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर निस्किने गर्दछ ।

हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । वर्गीकरण नगरीएका यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रक ककनी गाउँपालिका– २ को सिसडोल पुग्छन्। काठमाडौं, ललितपुर, भक्तपुरसहित १८ वटै पालिकाको फोहोर यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ ।

Loading...