केन्द्रिय तथ्यांक बिभागमा नेपाल भाषा सूचीकृत गराउन बुझाए ज्ञापन पत्र

काठमाडौँ। नेवार जातीको छाता संगठन नेवा: दें दबुले राष्ट्रिय जनगणना २०७८ काे भाषाकाे महलमा नेवाः,नेवार भाषा , नेवाः भाय् , नेपाल भाषा सूचीकृत गराउन केन्द्रिय तथ्यांक बिभागमा ज्ञापन पत्र बुझाएका छन्।
दबुका अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिभाग का महानिर्देशक श्रीमान नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन पत्र बुझाएका हुन्।
राष्ट्रिय जनगणना २०७८ काे भाषाकाे महल काेड नं. ६ मा नेवारी,नेवाः,नेवार भाषा, नेवाः भाय् , नेपाल भाषा सूचीकृत गरियाेस भनी सो ज्ञापन पत्र उल्लेख गरिएको छ ।
महानिर्देशक श्रेष्ठले आफु सकारात्मक रहेकाे प्रतिकृया दिएका थिए।

Loading...