रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार, मतदानको छैन टुङ्गो

चितवन । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन् । ‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या […]

ट्रम्पको चेतावनी– इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए । पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द […]

यस्तो आयो रवि लामिछानेको राजनीतिक प्रतिवेदन (हेर्नुहोस् पूर्णपाठसहित)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राको विस्तृत समीक्षा गरेका छन्। ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा लामिछानेले आफूहरू राजनीतिमा किन प्रवेश गरे भन्ने प्रश्नको जवाफ नै पार्टीको मूल मार्गदर्शक रहेको उल्लेख गरेका छन्। […]

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री बालेन प्रस्तावक

काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।

ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्रमा महामन्त्रीले प्रस्तुत गरे सांगठनिक प्रतिवेदन

चितवन । सोमबार नै सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र मंगलबारबाट मात्रै सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो। मंगलबार पनि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साढे १ घन्टा ढिलो गरी साढे ३ बजे मात्रै सुरु हुन सक्यो। महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि […]

एमाले संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ जारी, सचिवालय बैठक पनि आजै बस्ने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि एमालेको संसदीय दलको […]

सभापतिमा रवि लामिछानेसंग प्रतिस्पर्धा गर्छु भनेपछि नाम हटाइयो : भोलाकुमार

काठमाडौं । रास्वपाका एक नेताले सभापतिको उम्मेदवार हुने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको गुनासो गरेका छन् । बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानु (फेसबुकमा नाम अभिषेक गुप्ता)ले प्रतिनिधिको अन्तिम नामावलीमा आफ्नो नाम नरहेको बताए । ‘मैले सभापतिमा उम्मेदवार दिने भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ […]

रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने, यस्तो छ कार्यतालिका

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य […]

अझै सुरु भएन रास्वपा महाधिवेशन बन्दसत्र, उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन लम्बिएको छ । सोमबार (हिजो) बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र मंगलबार आज बिहान साढे ८ बजेसम्म पनि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छैन । आयोगका पदाधिकारी […]

विष्णु पौडेललाई अपहरण शैलीमा गिरफ्तार गरियो, यो प्रतिशोधको पराकाष्ठा हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको […]