नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो […]

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास […]

राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग छलफलमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् । पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति […]

९ बजेलाई बोलाइएको वार्ता दिउँसो दुई बजे सर्‍यो, सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको […]

अन्तरिम सरकार गठनबारे आज बिहान ९ बजे पुनः छलफल हुँदै, रातभर के भयो ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । […]

काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]

संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प […]

जेनजी आन्दोलन अग्रगमनको अवसर, प्रतिगमन अस्वीकार्य : प्रचण्ड

Prachanda

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हालै भएको जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा भएका हत्या र हिंसात्मक घटनाको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रेषित विज्ञप्तिमा प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको […]