को–को निर्वाचित भए रास्वपाको केन्द्रीय सदस्य ? (मतपरिणामसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल […]

६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति

चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ । त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ […]

नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको बताएका छन्। ह्वाइट हाउसमा नाटोका महासचिव मार्क रुट्टेसँगको बैठकका क्रममा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई कसैको सहयोगको आवश्यकता नै थिएन ।’ उनले अगाडि थपे, ‘तर, उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौँ’ मात्र भनिदिएको […]

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए । बिहान […]

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : मतदानको समय फेरि सर्‍यो

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को महाधिवेशन जारी छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ। साढे ८ बजेदेखि मतदानको समय तोकिएको थियो । तर समयमै मतदान नभएपछि समय सारिएकाे छ । अब राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहान १० बजेसम्म हुने […]

श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्। बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो […]

सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बैठक सुरु भएलगत्तै सत्ता पक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि […]

रास्वपा केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची नै प्रकाशन हुन सकेन, महाधिवेशन अवधि थप लम्बिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बिहान ९ बजेदेखि हुने प्रतिक्रिया दिएका थिए । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगले बिहान साढे १० […]

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम साह राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार छन्। उनले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। साहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सुत्रधारको रूपमा चर्चासमेत गरिन्छ। उनले भदौ २३ र […]

सैन्य रणनीति बदल्दै इरानले भन्यो – ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’

काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो । इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुरदस्तानका अनुसार इरान अब प्रतिरक्षात्मक कारबाहीमा मात्र सीमित रहनेछैन, बरु […]