काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो । अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको […]
राजनीति
नेपालमा भएको हिंसा हृदयविदारक : भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् । उनले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल […]
रबि भन्छन् : प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ, जेन-जीको नेतृत्व स्वीकारौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए ।कारागारबाट निस्किएपछि […]
संवादमा आउन जेनजीलाई राष्ट्रपतिको अपिल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्। विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध […]
जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने, ‘उहाँकी श्रीमतीको जिम्मामा अहिले रविलाई थुनमुक्त गरिएको छ ।’
सेनासंग वार्ताका लागि तयार रहन जेनजीलाई बालेनकाे आह्वान
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,’हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं […]
राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ – केपी ओली
काठमाडौँ । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा […]
अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा […]
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।









