लम्बिने भयो रास्वपा महाधिवेशन, प्रतिनिधिको संख्या पनि बढ्यो

काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिने भएको छ । बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए । विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए । यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए । ‘बन्द सत्र […]

रास्वपा महाधिवेशन : बन्दसत्र ढिलाइ, निर्वाचन कार्यतालिका सार्वजनिक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली बिहान १० बजे सार्वजनिक गरिने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे उम्मेदवारी मनोनयन फारम वितरण गरिनेछ। उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ। त्यसपछि राति ८ बजे प्रारम्भिक नामावली प्रकाशन गरिने […]

लुम्बिनी प्रदेशको बजेटमाथि आजदेखि प्रदेशसभामा बहस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको […]

रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन

काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार देखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका […]

झुक्किएर त्यो बल आएछ भने पनि बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भएको उल्लेख गरे। ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव […]

रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्। ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै […]

बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति रवि लामिछानेको भावुक सम्बोधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिदा हुन लागेको केन्द्रीय समितिलाई भावुक सम्बोधन गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन्। पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्। देशको वर्तमान राजनीतिक व्यवस्था र उपलब्धिको चर्चा गर्दै लामिछानेले संघीय […]

भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समिति बैठक जारी

चितवन । भरतपुरको दियालो फुडल्यान्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । रास्वपाको हाल १३१ सदस्यीय […]

महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनको भरतपुरमा बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुरस्थित होटल सिमटीको बैठक हलमा दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको हो । चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो । […]

संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले संघीय संसदमा चार वटा प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए । सरकारले सार्वजनिक गरेको बैठकका निर्णयअनुसार संसदमा पेस गरिने प्रतिस्थापन […]