मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता

काठमाडाैँ । मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको रातोपाटीलाई बताए । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ । यादवले आजै बसेको पार्टीको बैठकबाट अध्यक्ष सीके राउतले पदबाट राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए […]

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।  जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ । ‘म अब सडकमा उत्रेर […]

प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सुरु, रास्वपा छैन सहभागी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो। जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त बैठकमा सहभागी छैन । ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो […]

जेनजीमा दमनपछि अनेरास्ववियुकी बिदेश बिभाग प्रमुखले छोडिन् एमाले

काठमाडौं । अनेरास्ववियुकी विदेश विभाग प्रमुख स्मृति बरालले नेकपा एमाले र त्यसका जनवर्गीय संगठनसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले विद्यार्थी आन्दोलन आफ्नो पहिचान भए पनि अब कुनै दलको झण्डामुनि होइन, देशको झण्डामुनि मात्र निरन्तरता दिने बताइन्। उनले भनिन्, “विद्यार्थी आन्दोलन मेरो आन्दोलन हो, मेरो पहिचान […]

सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, […]

सकियो मन्त्रिपरिषद बैठक, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी गरिएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने सुझाव राखेका थिए। उनले विशेषगरी जेनजेड पुस्ताको आन्दोलन चर्किरहेको अवस्थामा संचारको माध्यम नै बन्द गर्नु गलत सन्देश जाने भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्ने तर्क गरेका […]

आजकै क्याबिनेटबाट सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू भन्दै प्रधानमन्त्रीलाई देउवाको फोन

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ […]

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् । केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा […]

माओवादी र एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ […]

जेन–जी पुस्ताकाे माग सम्बाेधन गर्न नेकपा माओवादी केन्द्रको आकस्मिक बैठकको माग

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक बसेको छ । सोमबार भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको माओवादी केन्द्रको बैठक बसेको हो । बैठकले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको […]