काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न उदाहरणहरू दिँदै सरकारको नियतमाथि प्रश्न उठाएको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सरकारका कामकारबाही र भ्रष्टाचारका मुद्दाहरू बारेका गतिविधिमा नियतमाथि आशंका गरेका हुन् । शाहीले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर हेरफेर र बजेटको सूचना चुहावट प्रकरणमा […]
राजनीति
कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा प्रहरीले मध्यराति किन हान्यो छापा ?
काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले बिहीबार मध्यरातमा छापा मारेको छ। विराटनगर-३ ल क्याम्पस छेउमा रहेको मन्त्री पराजुलीको क्वाटरमा राति ११ बजेतिर प्रहरी प्रवेश गरेर खानतलासी लिएको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ। धनकुटाबाट प्रदेशसभामा दोस्रोपटक निर्वाचित एमाले नेता पराजुलीको निवासमा प्रहरीले किन छापा मारेको भन्ने खुलेको […]
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि सांसद् खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।
राप्रपाले तोक्यो महाधिवेशन मिति, कार्यतालिका पारित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको […]
सक्रिय राजनीतिबाट अलग भए पूर्वसभामुख महरा
काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्। उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार […]
महाधिवेशनका लागि रास्वपाले तोक्यो मापदण्ड
काठमाडौं । रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व गराउने भएको छ । प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन […]
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । […]
चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । उनी बुधबार राती करिब ८ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका थिए । बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सो क्रममा दुवै देशका […]
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे । नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए । ‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा […]
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद रहेका तीन जना प्रदेश सभापतिको प्रतिस्पर्धामा पराजित भएका छन् । नुवाकोट–२ बाट प्रतिनिधि सभा सदस्य बनेका डा. अच्युत्तम लामिछाने, नवलपुर–१ बाट निर्वाचित राजन गौतम र कञ्चनपुर–१ बाट सांसद बनेका जनकसिंह धामी पार्टीको प्रदेशको मूल नेतृत्वमा पराजित भएका हुन् । लामिछाने बागमती, गौतम गण्डकी र धामी सुदूरपश्चिम सभापतिमा […]











