काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ। सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन् । ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लाग सयौं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको […]
राजनीति
जेन–जी प्रदर्शन : घाइतेको उद्धारका लागि बालेनले खटाए काठमाडौं महानगरको टोली
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने भएको छ । सोमबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ । अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको […]
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ […]
जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी, बानेश्वर क्षेत्रमा सेना परिचालन
काठमाडौँ । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले […]
भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता, दुर्गा प्रसाईंलाई नआउन आग्रह
काठमाडौँ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर […]
फरक मत राख्न खोज्दा थापालाई ओलीले भने : अहिले समय छैन, आफ्नै समूहमा कुरा राख्नुस्
काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिइएपछि हलभित्रै लफडा भएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरू भएको विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले नै थापालाई आफ्नो फरक मत प्रस्तुत गर्न रोकेपछि हलभित्रै लफडा भएको हो। थापाले आफ्नो फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीसँग समय मागेका थिए। […]
शेरबहादुर देउवा भन्छन् : पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन
विराटनगर । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा […]
एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल
काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको […]
लिपुलेकबारे चीनसँग स्पष्ट रुपमा कुरा गरेको छु, भारतसँग पनि गर्छु : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषय स्पष्ट रुपमा उठाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भएको सहमतिप्रति नेपालको असहमति प्रस्ट रूपमा प्रस्तुत गरिएको बताए। “चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अन्य विषयसँगै लिपुलेकबारे स्पष्ट रूपमा […]
प्रधानमन्त्री ओली भन्छन् : एमाले सरकार हाइ–हाइ हुँदा भिजिट भिसाको हल्ला चलाइयो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र […]











