संसद बैठकमा हर्कले उठाए विटौरीदेखि रौतहट र माइतीघरसम्मका मुद्दा

काठमाडौँ । श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति अविलम्ब हटाउनुपर्ने र उक्त अभिव्यक्ति हटाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले रौतहटमा भारतले उच्च बाँध बाँधेर लालबकैया र वाग्मतीको बहाव रोकेको भन्ने विषय बाहिर आएको भन्दै यसबारे सत्यतथ्य सरकारले सार्वजनिक गर्नुपर्ने बताए । ‘भारतको भूभाग हामीले […]

जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग

काठमाडौँ । नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको प्रतिपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । प्रतिपक्षी सांसदहरूले विरोध गरेपछि सभामुख डीपी अर्यालले नेकपाका सांसद हमाललाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि हमालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरूको […]

विप्लव माओवादीले गर्‍यो सचिवालय सदस्य उमा भुलेलमाथि कारवाही, भइन जिम्मेवारी मुक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कारबाही गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै भुजेललाई सबै जिम्मेवारीबाट मुक्त गरेको बताएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादी द्वन्द्वकालमा गोरखा जेल […]

योगेश भट्टराई भन्छन् : लोभ–पाप छैन, एमाले पुनर्गठन हुन्छ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।  पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको छ। त्यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा छोटो कवितांश प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन्। ‘ढुक्क रहनुहोस्! लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। […]

९ मन्त्रालयको बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुनेछ। बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभाअन्तर्गतका […]

विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन् । चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्र दोष […]

रास्वपा लुम्बिनीको सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

बुटवल । रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ । सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा धेरै मत ल्याउने शालिकराम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरेबीच पुन: मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले […]

विश्वप्रकाशले ५ शीर्ष नेतालाई पठाए ध्यानाकर्षण पत्र, चिया बैठक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानमा संवादहीनता देखिएको भन्दै पार्टीका पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएको बताएका छन् । नेता शर्माले शनिबार डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको ७ बुँदे लिखित प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गरेका […]

प्रधानमन्त्रीको आह्वानमा दिउँसो २ बजे क्याबिनेट बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ। बैठकमा समसामयिक राजनीतिक प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तै विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नीतिगत निर्णय, कर्मचारी सरुवा तथा नियुक्तिसम्बन्धी विषयहरू पनि बैठकको एजेण्डामा […]

रास्वपा बागमती प्रदेश अधिवेशन अस्थायी स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो । मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । […]