एकाबिहानै पहिरो खस्दा दार्चुलामा एकको मृत्यु

दार्चुला, १४ फागुन । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी […]

कांग्रेस र नयाँ शक्तिबीच एकता, देउवा, पौडेल, शशांक, प्रकाशशरण, विश्वास र गगन सहभागी

काठमाडाैं। रसुवामा नेपाली र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता हुन लागेको रसुवा जिल्ला काँग्रेस जिल्ला सदस्य उत्तम थापाले बताए । उनका अनुसार कार्यक्रम दिउँसो १२ः३० वजे सुरु हुनेछ । कार्यक्रमका लागि काठमाडौंबाट काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, […]

१४८ यात्रु बोकेको विमान अपहरण गर्न खोज्ने युवक यसरी मारिए, चालकको चलाखीले अपहरणबाट बच्यो विमान

काठमाडौं । चालक दलका सदस्यको चलाखीले एक यात्रुको विमान अपहरण गर्ने प्रयास असफल भएको छ । विमान बंगलादेश एयरलाइन्सको विमान अपहरण गर्न खोज्ने एक युवक नै सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जना युवक ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ […]

कांग्रेसका दुई समूहबीच सानेपामा भयो झडप, झडपमा प्रहरीको लाठी बर्सियो

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच ढुंगा हानाहान भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामै नेविसंघका दुई समूहबीच झडप भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलका निकट रहेका विद्यार्थी समूहबीच विवाद हुँदै आएकोमा यसपटक देउवा र अर्का नेता कृष्ण सिटौला नजिक रहेका विद्यार्थी समूहबीच झडप भएको हो […]

‘प्रकाण्ड’ का पुत्र नरेन्द्र २० हजार बुझाएर निस्किए

विराटनगर, १४ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा थुना मुक्त भएका छन । पक्राउ परेको २५ दिनपछि उनी छुटेका हुन् । माघ १७ गते उनलाई बिराटनगर बिमानस्थल बाट तीन राउण्ड गोलीसहित पक्राउ गरिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धानको लागि म्याद थप गर्दै राखेको थियो । उनलाई जिल्ला प्रशाशन कार्यालय मोरंगले […]

सीटीइभीटीको वार्किकोत्सवमा आक्रामक हुँदै शिक्षामन्त्रीले भने, ‘आफूलाई सम्झेर मम भन्नुस्’

संजीप शुभचिन्तक, १२ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सीटीइभीटीको समाजमा स्वस्छ छवी नभएको बताएका छन । परिषदको बैठक बस्दा भयङ्कर गलत काम हुन लागेको संदेश जाने कुराले समाजमा यसको स्वस्छ छवी नभएको मन्त्री पोखरेलले बताएका हुन । आइतवार सानोठिमीस्थित परिषद परिसरमा आयोजित […]

नख्खु बम विष्फोटबारे गृहमन्त्रीले संसदलाई दिए यस्तो खतरा सूचना

काठमाडौं, १२ फागुन । ललितपुरको नख्खुमा भएको बम विष्फोट कसले गराएको हो भन्ने बारे गृहमन्त्रीले मुख खोलेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बमविष्फोटबारे जानकारी दिएका हुन् । बैठकमा गृहमन्त्रीले बम विष्फोटबारे जानकारी दिँदै विगतमा उन्मुत्ति दिएका कारण संविधान विरोधी तत्वहरु हौसिएर यस्ता घटना घटाउन थालेको बताए । […]

प्रचण्डले भने, सबै कुरा छोडेर खेती गरेर बसूँ जस्तो लाग्न थाल्यो

भक्तपुर, ११ फागुन । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका हुन् । शनिवार भक्तपुरको ठिमी चारदोबाटोमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उनले भने, ” हाम्रा […]

एनसेलमाथि भएको आक्रमणको नेकपाले लियो जिम्मा, सर्वसाधारण परेकोप्रति दुःख व्यक्त

काठमाडौँ । ललितपुरकाे नख्खुमा रहेकाे केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको कारवाहीको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फाेटसहित टावरमा आगजनी गरिएको थियाे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेकाे, अदालतले गरेका निर्णय पालना नगरेकाे नेपालमा प्राप्त आम्दानी […]

एनसेलमा आक्रमणपछि गृहमन्त्री थापाको यस्तो आदेश, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ । करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । […]