छात्रा जिस्काउनेमाथि कारवाहीको माग गर्दै प्रदर्शन

विरगञ्ज । वीरगञ्‍ज-छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बाराको प्रसौनी गाउँपालिका-६ बेलहियास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन्। उनीहरुले बिद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गरेका छन् । करीब ३ सयको संख्यामा […]

शान्तिनगर सुकुम्वासी टाेलबाट चाेरीका सामानसहित ६ पक्राउ

काठमाडौँ, ४ माघ । महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामानसहित ६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा काठमाडौँ शान्तिनगरस्थित सुकुम्वासी टोल बस्ने नुवाकोटका शशी तामाङ, सर्लाहीका सरोज मगर, सोही सुकुम्वासी टोलका सुमन कलवार, काठमाडौ जोरपाटीका अजय मगर, रामेछापका भानु मगर र सर्लाहीका सुमन माझी रहेको प्रहरीले जनाएको […]

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ ल्याइए डा. केसी

काठमाडाैं । इलाममा अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट रातारात काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित भएका डा केसीलाई राती नै गएको नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरले आज बिहान ३ बजे काठमाडौं ल्याएको हो। डा. केसी संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा गएर अनशन बसेका थिए […]

३३ किलो सुन प्रकरणमा जोडिएका ९ न्यायाधिशलाई काज सरुवा मात्र

काठमाडाैं । ३३ किलाे सुन प्रकरणमा जाेडिएका ९ जना न्यायाधिश सरुवामा परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा विराटनगर उच्च अदालतका पाँच जना न्यायाधीशसहित  ९ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको […]

पर्वतको मालढुंगामा बस दुर्घटना ७ जनाको मृत्यु

पर्वत, ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा […]

विद्युत प्राधिकरणको निर्णयप्रति इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको कडा आपत्ती

काठमाडौं, ३ माघ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रयोग गर्दै आएको पोलहरुको भाडा दर अस्वभाविक रुपमा बढाएपछि कम्पनीहरुले त्यसको विरोध जनाएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको राष्ट्रिय सञ्जाल इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियसन नेपाल (इस्पान)ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्युत प्राधिकरणको यो निर्णयले सरकारले लिएको डिजिटल नेपाल निर्माण गर्ने अभियानमा ठूलो […]

मिडिया कानुन र मिडिया अधिकारमाथि जाजरकोटमा बहस

जाजरकोट, २ माघ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले बुधवार जाजरकाेटकाेटमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली मिडिया र मिडियाकर्मीहरुकाे विद्यमान अवस्था पहिचान गरी साझा निस्कर्षमा पुग्नका लागि संगठनले जाजरकोटमा पत्रकार र कानुन व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्ष डिल्लीराज रावतले “नेपाली मिडिया, केन्द्र भर्सेज मोफसल र […]

के प्रधानमन्त्री ओली निजी विद्यालय बन्द गर्न लागेकै हुन ? निजी विद्यालय बन्द गर्न के गरिदैछ ?

काठमाडौँ । उच्च स्तरीय शिक्षा आयोगले अाफ्नाे प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगले प्रतिवेदन सरकारलार्इ बुझाएकाे हाे । करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरु बन्द हुने ठाेकुवा गरेका छन् । अाेलीले साे अवसरमा केही वर्षमा निजी […]

फिल्मी शैलीमा सहकर्मीलाई नै अपहरण गर्ने तीन पक्राउ

धनगढी, २ माघ । अपहरणमा परेका एक युवकलाई प्रहरीले आधा घण्टामै उद्दार गरेको छ भने अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। बुलेट मोटरसाइकलमा आएको समूहले धनगढीबाट मंगलबार बिहान फिल्मी शैलीमा बसन्त भाटलाई अपहरण गरेको थियो। गोदावरी नगरपालिका ६ तेघरीका बसन्त धनगढीको होटलमा कार्यरत छन्। उनी सोही होटलबाटै अपहरणमा परेका प्रहरीले जनाएको छ। अपहरणमा संलग्न रहेको […]

प्रहरीले कुटेर दुई स्थानीयलाई घाइते बनायो

बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट […]