अफगानिस्तानलाई २३ रनले पराजित गर्दै वेस्टइन्डिजले २०१९ विश्वकपको यात्रा जितमा समाप्त गरेको छ। वेस्टइन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाउन सक्यो। जितसंगै विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका क्रिस गेललाई सुखद बिदाइ समेत गरेको छ। गेलले अन्तिम विश्वकप खेले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास भने भारतसंग घरेलु मैदानमा खेल्ने […]
मुख्य समाचार
स्कुटर चोरी गर्दागर्दै तीन पक्राउ
काठमाडौ, १९ असार । स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । विहीवार उनीहरूलाई प्रहरीले चोरी गरिरहेकै अवस्थामा पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाट बा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वर […]
भ्रष्टाचारी पूर्व प्रहरी महानिरिक्षकलाई ओली सरकारको यस्तो सम्मान, भिआइपी तामझामसहित लगियो सदरखोर
काठमाडौं, १९ असार । भ्रष्टाचारको मुद्दा लागेर लामो समय फरार रहेका पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीलाई जेल चलान गरिएको छ । बिहीबार सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका चन्दलाई डिल्लीबजारस्थित कारागारमा लगिएको छ । उनलाई जेल पु¥याउँदा सर्वोच्च परिसरबाटै उच्च पदस्थ अधिकारीको सवारीकै झल्को दिनेगरी तामझामसहित जेल पु¥याइएको हो । चन्द एक बिलासी निजी गाडीमा […]
सरकारले खोल्यो विप्लव वार्तामा नआउनुको रहस्य
काठमाडौं, १९ असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा नआउनुको पछाडी उनीहरुको कुनै एजेन्डा नभएको बताएका छन् । बिहीबार नियमित पत्रकार भेटघाटमा उनले उक्त जिकिर गरेका हुन् । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा उनले भने, ”विप्लव समूह वार्ताबाट भागिरहेछ किनभने वार्तामा आएर माग्ने उनीहरुसंग केहि कुरा नै छैन ।” […]
पूर्व प्रहरी महानिरिक्षक ठकुरीद्वारा सर्वोच्च अदालत समक्ष आत्मसमर्पण
काठमाडौं । सुडान घोटाला काण्डमा दोषि ठहर पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदालतसामु आत्मसमर्पण गरेका छन् । सुडान घोटालामा दोषि ठहर ठकुरी फरार रहँदै आएका थिए । बिहीवार ठकुरी सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन् । चर्चित सुडान घोटाला काण्डमा ठकुरी भ्रष्टाचारी करार भएका थिए ।सर्वोच्च अदालतले दोषी करार गर्दै सजायको फैसला गरेता […]
सुपा देउरालीमा जीप दुर्घटना, ३ को मृत्यु ६ घाइते
अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल पठाइएको प्रहरीले […]
जनप्रतिनिधिको टाउकोमा दुई नाले भरुवा बन्दुकबाट गोली प्रहार, नर्भिकमा उपचार हुँदै
धादिङ, १९ असार । बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो । चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको […]
नेपालका विद्यालयमा यसरी लोकप्रिय बन्दैछ चिनियाँ भाषा
काठमाडाैं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन्। काठमाडौंको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने […]
मध्यरातमा २ घरमा डकैती गरेर लाखौ लुट्ने तीन पक्राउ, एक घाइते
बर्दिवास, १९ असार । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ। गए राति बर्दिवास नगरपालिका वडा नं. ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो। वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट […]
वडाध्यक्ष जुवाको खालबाट पक्राउ
काठमाडौं । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए। विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप […]











