काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]
मुख्य समाचार
प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न म्याद थप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद […]
देशमा शान्ति र समृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य: सञ्जीव
काठमाडौं । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठुला-ठुला समस्याले घेर्ने ठोकुवा गरेका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टी देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा […]
नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो
काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]
सल्यानबाट वर्षाका कारण घर भत्किदा एकै परिवारका ५ जनाको मृत्यु
सल्यान । सल्यानमा घर भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका( ४ सिमाखोली सेतोगुराँसमा स्थानीय राम सिंह कामीको गएराती ९ बजे अविरल वर्षा पछि पानीले भिजिएको भित्ता (दिवाल) भत्कीएर दलिन भाचिदा उनि सहित उनको ५ जनाको परिवारको ज्यान गएको हो । मृत्यु हुनेमा ३९ बर्षिय राम सिंह कामी, ३५ बर्षिया राम कला […]
वार्ताको कुनै गुन्जायस छैन, गिरफ्तारीले क्रान्ति रोकिँदैन: विप्लव (विज्ञप्तिसहित)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता नहुने बताएका छन् । नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने बताएका हुन् । विप्लवले भनेका छन्, सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन । महासचिव विप्लवले […]
काठमाडौं ओर्लिए म्यानमारका राष्ट्रपति , विमानस्थलबाट सिधै सोल्टी होटल लगियो
काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमानस्थलबाट उत्रिए लगत्तै उनलाई […]
पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्
पाँचथर । पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए । सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए […]
सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो
काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]
बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बस्दै
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दै छ । बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल […]