दुबइमा भयानक सडक दुर्घटनामा परी ६ नेपालीसहित ८ जनाको ज्यान गयो

दुबइमा एक भयानक सडक दुर्घटना परी ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको छ । एक यात्रुबाहक माइक्रोबस ठूलो लरीमा ठोक्किदा दुर्घटना भएको बताइएको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको स्थानीय अनलाइन खालिज टाइम्सले जनाएको छ।

शारजाहको दिशामा शेख मोहम्मद बिन जायद रोडमा स्थानीय समय अनुसार बिहान ४ .५४ बजे दुर्घटना भएको हो। मिर्डीफ सिटी सेन्टरबाट बाहिर निस्किनु भन्दा अघि एउटा १४ सीटको मिनी बस एक भारी लरीसँग ठोक्कीएको थियो ।

“बस चालक र सात यात्रुहरू घटनास्थलमै मरे तर दुई यात्रु गम्भीर घाइते भए र चारजनालाई हल्का चोटपटक लागेको छ ।” खालिज टाइम्सले भनेको छ ।

दुबइ प्रहरीलाई उद्घृत गर्दै अनलाइन खालिज टाइम्सले जनाए अनुसार मृत्यु हुनेमा ६ नेपाली, १ भारतीय र १ पाकिस्तानी रहेका छन् ।

 

Loading...