चितवन, १५ असोज । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । […]
मुख्य समाचार
एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]
प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’ को सङ्कल्पले अभियानकर्मी उत्साहित
काठमाडौँ, १५ असोज । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन […]
रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य
पाल्पा, १५ असोज । ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् । तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ […]
ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
नेपालगञ्ज, १५ असोज । नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ । छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा आउन भनिएको हो । […]
ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा भक्तजनलाई नि: शुल्क यातायात
पाल्पा,असोज १५ । प्रशिद्ध भैरवनाथ मन्दिरमा आउने भक्तजनलाई सुबिधा होस् भनेर भैरवस्थान मन्दिरले तीन दिन निशुल्क यातायात सञ्चालन गर्ने भएको छ । दशैँको सप्तमी देखि नवमीसम्म मन्दिरमा पुजाका लागि आउने भक्तजनलाई यात्रा गर्न सहज हुने गरी निशुल्क यातायातको व्यवस्था गरिएको हो । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा दशैँको बेलामा पुजा गर्न आउने […]
नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै
सोलुखुम्बु, १५ असोज । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने […]
पत्रकारलाई दशैँ पेश्की दिन माग
काठमाडौँ, १४ असोज । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा […]
जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’
राँझा, १५ असोज । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज आकाशे पुल निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले […]
लगानी सम्भाव्यताको खोजीमा सिद्धार्थनगर
रुपन्देही १४ असोज । रुपन्देहीको सिद्धार्थ नगरपालिकाले लगानी सम्भाव्यता पहिचान गर्न विभिन्न क्षेत्रसंग छलफल थालेको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा सञ्चालित जिआइजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी गर्न सामूहिक छलफल थालेका हुन् । जिआइजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडिबीको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालित छ […]











