रेनु दाहाललाई सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेलाई कार्वाही हुने

चितवन । चितवनमा शनिबार ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणसँग जोडेर भरतपुर महानगरपालिका मेयर रेनु दाहालको चरित्र हत्या हुन थालेपछि प्रहरी अनुसन्धानमा सक्रिय भएको छ । प्रहरीले रेनु दाहालको मानमर्दन तथा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमा अभिव्यक्ति र सामग्री सार्वजनिक हुन थालेपछि अनुसन्धान शुरु गरेको हो । ‘ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई जोडेर मेयर रेनु दाहाललाई गालीगलौज […]

महरालाई महिलाको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’

राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ । एम सर वान (महरा सर १ हुनसक्ने) […]

‘लिगलिगे दौड प्रतियोगिता’ जितेपछि अनिषले पहिरिए श्रीपेच

गोरखा, १६ असोज । दौडेरै राजा बन्ने परम्पराको स्मरण गर्दै विगत १ दशकदेखि शुरु भएको ‘लिगलिगे दौड प्रतियोगिता’को यस वर्षको उपाधि जित्दै अनिष थापामगर राजा घोषित भएका छन् । दसौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि पर्वतका अनिष थापामगरले जितेका हुन्। बिहीवार गोरखाको पालुङटारमा भएको प्रतियोगितामा निर्धारित थापामगरले चौथोपटक सो उपाधि हात पारेका हुन् । […]

मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार

काठमाडौँ, १६ असोज । सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन […]

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

चौतारा, १६ असोज । पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत काम सम्पन्न भई चाँडै नै विद्युत् उत्पादन […]

मित्रताको मूल्य नै सर्वाधिक हुन्छ: प्रम ओली

 काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताए । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता […]

२४ घण्टामा दुई लाख यात्रु काठमाडौंबाट बाहिरिए

काठमाडौं, १६ असोज । वडादशैं नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ लाख बढि यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वितेको २४ घन्टामा ७२ हजार ५ सय ७३ गाडीमा २ लाख २१ हजार ३६९ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । अस्ति १७ हजार ६ सय गाडीमा २ लाख यात्रु […]

दशैँको रौनक छाए पनि आएन दशैँ दलित बस्तीमा

वीरगञ्ज, १६ असोज । प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले” । एक साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न […]

महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका […]

बारामा रक्सीको ट्याक्कीमा परेर एकै परिवारका पाँचको मृत्यु

बारा, १६ असोज । बारामा ससुरा सहित एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ। बाराको फेटा गाऊँपालिका वार्ड नं. ४ बतरास्थित घरेलु मदिरा उत्पादनका लागी बनाइएको सेफ्टी टंकी भित्रै एकै परिवारका ४ जना र एक आफन्त सहित पाँच जनाको निसासिएर मृत्यु भएको बाराका प्रहरी उपरिक्षक विकास राज खनालले जानकारी गराए। मृत्यु हुनेमा ३५ वर्षिय […]