सवारी साधनको जाँच तथा अनुगमन सवारी साधनको जाँच तथा अनुगमन

रुपन्देही, १८ असोज । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन […]

पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका

काठमाडौ । धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पनि भएन् । अर्को नेपालमो […]

तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे

दार्चुला, १८ असोज । मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका भेडा च्याङ्ग्रामा प्रतिबन्ध लागेपछि बजारमा आउनै छोडेका हुन् । विगतमा नेपालकै बाटो भएर भेडा च्याङ्ग्रा तिब्बतबाट खलङ्गा आउँथे भने केही वर्षदेखि नेपालको भूमि भएर आउन बाटोघाटो छैन । […]

बाबुरामले यसरी खोतले महराको विगत, युद्धकालमै यस्तो गर्थे महरा

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने […]

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

काठमाडौँ, १७ असोज । दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म […]

भौतिक पूर्वाधारमा चिनियाँ सहयोग : जनस्तरमा विस्तारित सम्बन्ध

काठमाडौँ, १७ असोज । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । […]

हराउँदै पिङ संस्कृति

कावासोती, १७ असोज । दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हँुदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ । “पहिले पहिले दशैँ […]

चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत […]

महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने कानुन व्यवसायीको भनाई, यस्तो छ फर्गेट एस्टर्डेले पु¥याएको क्षति

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासमा दोषी करार नमिल्ने कानुन व्यवसायीहरुले बताएका छन् । आरोप लगाउने महिलाले नै यस कुराको खण्डन गरेकाले अब महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने उनीहरुले बताएका हुन् । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै विभिन्न संविधानविद्हरुले महराको सभामुखमै पुनर्वहाली हुने सम्भावना भने नरहेको बताएका छन् । […]

नवदुर्गाका प्रिय रंग जसको प्रयोगले मात्र पनि उनी हुन्छिन् प्रसन्न

 नवदुर्गा भवानीकाे  विशेष पूजा अर्चना गरिने नवरात्रीमा देवीको नौ स्वरुपको पूजा अर्चना गर्ने धार्मिक प्रचलन रही आएको छ । देवीको स्वरुप अनुरुपका रंगहरु प्रयोग गर्दा उनी प्रसन्न हुने पण्डितहरुको मत रहेको छ । उनका प्रिय रंगको वस्त्र धारण गर्दा देवी छिट्टै प्रसन्न हुने हुदा पूजाको समयमा आफ्नो कपडालाइ पनि विशेष ध्यान दिन पण्डितहरु सुझाव दिने गर्दछन […]