‘लिगलिगे दौड प्रतियोगिता’ जितेपछि अनिषले पहिरिए श्रीपेच

गोरखा, १६ असोज । दौडेरै राजा बन्ने परम्पराको स्मरण गर्दै विगत १ दशकदेखि शुरु भएको ‘लिगलिगे दौड प्रतियोगिता’को यस वर्षको उपाधि जित्दै अनिष थापामगर राजा घोषित भएका छन् । दसौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि पर्वतका अनिष थापामगरले जितेका हुन्।

बिहीवार गोरखाको पालुङटारमा भएको प्रतियोगितामा निर्धारित थापामगरले चौथोपटक सो उपाधि हात पारेका हुन् । करीव १४ किलोमिटर दूरी उनले ५७ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजा समेत घोषित भएका हुन् ।

उनलाई आज बिशेष समारोहमा श्रीपेच पहिराइएको थियो । श्रीपेच संगै उनलाई ६० हजार नगद, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

थापा मगर एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भावना दूत समेत घोषित भएका पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । पालुङटारको प्रचार प्रसारमा यो प्रतियोगिताको एतिहासिक महत्व रहेको कँडेलको भनाइ छ ।

Loading...