बेनी, ६ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । केही […]
मुख्य समाचार
विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका नेतामाथि रापानी भिरमा गरे आक्रमण, गाउँ पस्न रोक लगाइएको चेतावनी
जाजरकोट, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको […]
प्रचण्ड–माधव नेपालबीच खुमलटारमा गोप्य बैठक, पार्टीमा नयाँ समिकरण सुरु
काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो। ओलीले पार्टी एकताका बेलाको सहमति […]
एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल
काठमाडौं, ६ कात्तिक । सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल अध्यक्षमण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरूबीच चर्काचर्कीसमेत भएको छ । बैठकमा अध्यक्षमण्डलका […]
सडक खनिरहेका चालकले एकाएक मान्छेहरुमाथि डोजर चलाए, ८ घाइते
बैतडी, ५ कार्तिक । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा […]
व्यावसायिक गोलभेँडा खेतीले फेरियो मैनादीको जीवनशैली
पाल्पा – परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् । गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेँडा खेतीबाट चालू […]
नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय वार्ता शुरु, केही समझदारीलाई अन्तिमरुप दिइने
काठमाडौँ, ५ कात्तिक । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा […]
विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनीलाई प्रहरीले गर्यो गिरफ्तार
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरिएको बताएका थिए । पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको […]
यसरी गरिदैछ सिस्नुको बजारीकरण
मेलम्ची, ५ कात्तिक । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा […]
आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री
गलेश्वर, ४ कात्तिक । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ । सो फार्ममा तरकारीखेती, माछापालन, […]











