‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

काठमाडौँ, १५ कात्तिक । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।  अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा […]

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ कात्तिक । आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास होमस्टे ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल होसानले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि […]

अत्याधुनिक पेस्तोलसहित छ पक्राउ

राँझा, १५ कात्तिक । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज […]

म्याग्दी र बागलुङ लगाएत अन्य जिल्लामा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, १५ कात्तिक । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको […]

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने

बैतडी, १५ कात्तिक । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता […]

ओली सरकारले मन्त्री र सांसदहरुलाई छुट्टै चाडपर्व खर्च दिने गोप्य निर्णय गरी करोडौ पार्यो झ्वाम

काठमाडाैं । संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको […]

सर्वोच्चले भन्यो, लेनिन विष्टलाई एअरपोर्टबाट फर्काउनु असंवैधानिक

काठमाडौँ, १४ कात्तिक । सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न […]

नेकपालाई देशभर टक्कर योजना बनाउन काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १४ कात्तिक । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसायिक […]

महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । प्रहरीले महराका विरुद्ध तयार पारेको […]

गौर घटना उचाले प्रधानमन्त्री केपी ओली पनि जेल जाने

काठमाडौं । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जाने बताएका छन्। सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै […]