सर्वोच्चले भन्यो, लेनिन विष्टलाई एअरपोर्टबाट फर्काउनु असंवैधानिक

काठमाडौँ, १४ कात्तिक । सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लाग्नुभएका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।

Loading...