काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी […]
मुख्य समाचार
सरकारी वकिलको कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य बिग्रिएपछि महरालाई अस्पताल लगियो
काठमाडौं, २३ असोज । सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो । महरालाईको स्वास्थ्यमा अचानक समस्या आएपछि अहिले उनलाई नर्भिक अस्पताल पु¥याइएको छ । महरालाई प्रहरीले सोमवार उनकै सरकारी निवासबाट गिरफ्तार गरेर […]
रसुवामा वेपत्ता भएका पर्यटक खोजी तीव्र
रसुवा, २२ असोज । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो । दुई दिनदेखि नेपाल प्रहरीका […]
महराजस्तै फसाउन कसले खोज्यो नेकपाका नेता देवेन्द्र पौडेललाई, जनाए यस्तो आपत्ती
काठमाडाैं २२ असोज । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा […]
प्रथम अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी पूरा
काठमाडौँ, २२ असोज । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्पूर्ण गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा असोज २४ र २५ गते हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो । गुरुङ समुदायको एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन […]
राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास
काठमाडौँ, २२ असोज । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रूपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको […]
यस्तो रह्यो राष्ट्रसङ्घ महासभामा यसपाली नेपालको सक्रिय सहभागिता सफलता
काठमाडौँ, २२ असोज । संयुक्त राष्ट्रसङ्घको ७४औं महासभामा नेपालको सक्रिय सहभागिता रहनाका साथै बहुपक्षीयता प्रवद्र्धनमा मुलुकलाई सफलता मिलेको छ । बहुपक्षीय मञ्च संयुक्त राष्ट्र सङ्घमा नेपालका विकासका प्राथमिकता, अन्तरराष्ट्रिय सम्बन्ध, विश्व व्यवस्था, शान्ति र स्थायित्वलगायत नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनका निम्ति फलदायी बनेको छ । यस वर्ष विश्वभरका नेताहरूका निम्ति ७४औँ महासभा बैठक विशेष […]
हराएका ४८८ महिला तथा बालबालिका फेला परे
दमौली, २२ असोज । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् । आर्थिक वर्ष २०७४÷७५ मा २५६, ०७५÷७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६÷७७ मा २९ जना महिला […]
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा, यस्तो हुनेछ सुरक्षा घेरा
काठमाडौँ, २२ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका […]
नेपाल र चीनले दिए भ्रमणको औपचारिक जानकारी, सीको सुरक्षार्थ बुलेट प्रुफ गाडीसहित ३६ जना कमाण्डो रहने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । उता चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक […]









