ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीगत खर्चभन्दा धेरै ऋण थपिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । पूर्वअर्थराज्यमन्त्री राणाले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्नुहुँदै बजेटमार्फत सार्वजनिक ऋण २२.४१ प्रतिशतले वृद्धि गरिएको भए पनि उत्पादन, रोजगारी सिर्जना तथा व्यापार घाटा न्यूनीकरण गर्ने […]
मुख्य समाचार
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि […]
गगन थापा भन्छन् : आगामी निर्वाचनमा सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउछौं
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा महिलाको राजनीतिक सहभागिता बढाउने उद्देश्यसहित कम्तिमा १ सय स्थानीय तहमा महिला उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन्। शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले ७५३ स्थानीय तहमध्ये कम्तिमा १०० पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने लक्ष्यसहित पार्टीले अहिलेबाटै तयारी […]
सरकार गलत दिशामा गए घण्टी बजाएर सचेत गराउनु होला : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह पनि गरे । कानून निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन […]
अरु दलले साथ नदिँदा चुनावमा जानु पर्यो, पुरानालाई सिध्याउने षडयन्त्र जारी : ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र जारी रहेको बताएका छन् । शुक्रबार अपानि–२ जारी गर्दै ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको सन्देश पठाएका हुन् । ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा […]
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। […]
अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर […]
कुन मन्त्रालयले कति बजेट पायो ? सूचीसहित हेर्नुहोस्
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट ल्याएको छ। सरकारले यसबाट १२ खर्ब ७० अर्ब चालु खर्च, ४ खर्ब ३१ अर्ब पुँजीगत खर्च र ४ खर्ब २२ अर्ब वित्तीय व्यवस्थापनमा खर्च हुने उल्लेख गरेको छ।यस वर्ष अर्थ मन्त्रालयका लागि ८४ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थ […]
मानव अधिकार आयोगले किटान गरेका सांसदमाथि कारबाही अघि बढाउन कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदन अनुसार आयोगले किटान गरेका सांसद, व्यक्ति र निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको छ। नेपाली कांग्रेसका सचेतक निश्कल राईले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएका छन्।मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका १७ सांसदमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। कांग्रेसले […]
प्रतिनिधि सभामा ३ दिनसम्म बजेटमाथि छलफल हुने
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमाथि प्रतिनिधि सभामा ३ दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसमाथि छलफल गर्न ३ दिन समय तोकेका हुन् । सभामुख अर्यालका अनुसार जेठ १८, १९ र २० गते छलफल गर्ने […]











