विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

काठमाडौँ ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका […]

विभिन्न जिल्लाबाट आउने सवारीलाई भक्तपुर नाकाबाट प्रवेश निषेध

भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो । पूर्वी र तराईका जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली […]

सबै सांसद र कर्मचारीको आज कोरोना परिक्षण गरिदै

काठमाडाैं, २५ बैशाख । शुक्रबारदेखि सुरु हुने संघीय संसदको वर्खे अधिवेशन संचालनको लागि बिहीबार सबै सांसद र कर्मचारीको पिसिआर परिक्षण गरिँदै छ। संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा […]

कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु ब्राजिलमा

काठमाडौं, २५ बैशाख । ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो। जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय […]

विश्वचर्चित अभिनेता टम क्रुजले अन्तरीक्षमा पहिलो फिल्म सुटिङ गर्दै

एजेन्सी । हलिउड अभिनेता टम क्रुजले नासासँगको सहकार्यमा अन्तरीक्षमा पहिलो फिल्म छायांकन गर्ने भएका छन्। अन्तरीक्षस्थित इन्टरनेसनल स्पेस स्टेसनमा सो फिल्मको सुटिङ हुनेछ। त्यसका लागि क्रुज अन्तरीक्ष यात्रामै जाने छन् या छैनन्, स्पष्ट छैन। फिल्मका बारेमा कुनै जानकारी दिइएको छैन। तथाप सो फिल्म मिसन इम्पोसिबलको नयाँ शृंखला भने हुने छैन। ‘स्पेस स्टेसनमा एउटा फिल्मका लागि […]

लकडाउनमा सरकारी गाडीबाटै तराईबाट काठमाडौंमा मान्छे ओसारिदै

    काठमाडौँ, २४ बैशाख । सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ ।  तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार आइरहेकै बेला सरकारी गाडीले नै मान्छे ओसार्ने गरेको पनि खुलेको हो । यसैक्रममा बुधवार […]

कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा थप १७ जना थपिए

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको […]

लकडाउन जेठ ५ सम्म लम्बियो, सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द रहने

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो । नेपालमा […]

बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा रोक लगाउन मेयरहरुको माग

बैशाख २४ काठमाडौं । काठमाडौँ उपत्यका भित्रका महानगर तथा नगर पालिकाहरुलो समूह उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गर्दै कडाई गरिनु पर्ने बताएका छन् । नेपालगञ्ज, बिरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी संख्या बढे पछि मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय […]

कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै

काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । […]