एकैदिन थपिए ३३८ जना कोरोना संक्रमित, २३ हजार बढीमा संक्रमण

काठमाडौं । पछील्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कूल संख्या १६ हजार ४९३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा९२ संक्रमित थपिएका थिए ।

Loading...