कोरोना लागेर अस्पताल भर्ना भएका एक व्यक्तिको ललितपुरमा मृत्यु

ललितपुर । लिलतपुरकाे ग्वार्काेमा रहेकाे किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । ती महिलाको सोमबार साझँ ४ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पाठकले बताए ।

उनले भने, ‘२५ गते निमोनियाको समस्या लिएर भर्ना हुनु भएको थियो, आज बिहान ९ बजे उहाँको मृत्यु भएको हो । अहिले ४ बजे रिपोर्ट पोजेटिभ आयो ।’ पाठकका अनुसार ती महिलाको शब कोभिड संक्रमित शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको मृत्यु पुष्टि गर्न बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै थप चार जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

Loading...