ब्यवसायीले खोले आफ्ना पसल, सडकमा बढे सवारी साधन (फोटो फिचर)

  काठमाडौं, २२ जेठ | सरकारले लकडाउन घोषणा गरेको ७३औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्दै पसल ब्यवसाय खोलेका छन् । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना सम्पूर्ण ब्यवसायीलाइ ब्यवसाय खोल्न आह्वान गरे पश्चात बिहिबार काठमाडौँका विभिनन भागमा पसल तथा अन्य व्यवसायहरु खाेलिएका हुन् । काठमाडाैंको मध्य व्यापारिक केन्द्र न्यूरोड र आसपासमा लकडाउन तोड्दै ब्यवसायीहरुले पसल […]

हङकङका विषयमा नेपालले चीनको पक्ष लियो

काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न […]

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको […]

यि हुन् लकडाउनमा पनि सक्रिय उत्कृष्ट १० सामुदायिक विद्यालयहरू

काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु हुन सकेको छैन । सरकारले वैकल्पिक माध्यमबाट शिक्षणसिकाइलाई अगाडि बढाउन निर्देशिका जारी गर्दै त्यसको तयारीमा लागेको अवस्था छ । अहिलेको लकडाउनको […]

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा […]

जेठमा कर नतिरे जरिवाना लगाउने निर्णयबाट पछि हट्यो सरकार असार ७ गतेसम्म समय थप

काठमाडौं, २१ जेठ । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएकाे थियाे […]

माइतीलाई नजनाएर सुटुक्क जलाउन लागिएको महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ । चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरामद गरेको डीएसपी हेमबहादुर शाहीले […]

भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]

एमसीसी अस्वीकार गर्न माग गर्दै सत्तारुढ दलकै विद्यार्थीसहित माइतीघरमा प्रदर्शन

काठमाडौं, २१ जेठ । लकडाउनका वावजुत माइतीघरमा बुधवार एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि घातक रहेकाे भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । बुधवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले समेत माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल […]

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका […]