पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको […]

१० अर्ब आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको  छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले […]

ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा नेपाल

काठमाडौं । नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। सिंगा ओभलमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै नेपाल उपाधिनजिक पुगेको छ। नेपालको सहज जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ […]

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल […]

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । […]

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली […]

सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल

काठमाडौँ । प्रतिपक्षको विरोधकाबिच सभामुख डाेलप्रसाद अर्यालले जबरजस्ती संसद्को नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जानेबारे छलफल गरेको एमाले प्रमुख सचेतक ऐन महरले […]

कृष्णबहादुर महरालाई १ लाख धरौटी माग्ने अदालतको आदेश

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन […]

रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत

काठमाडौँ । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् । उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् । उनी भाजपाकै निमन्त्रणमा भारत गएका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा […]