अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन्। […]

काठमाडौँ अदालतमा शरणार्थी प्रकरणको सुनुवाइ जारी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ आज (शुक्रबार) पनि जारी रहने भएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दामा बिहीबार सरकारी वकिल पक्षको बहस सकिएको थियो। आजदेखि प्रतिवादीका कानुन व्यवसायीहरूको तर्फबाट बहस सुरु हुने अदालत स्रोतले जनाएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश […]

प्रधानमन्त्रीको आह्वानमा दिउँसो २ बजे क्याबिनेट बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ। बैठकमा समसामयिक राजनीतिक प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तै विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नीतिगत निर्णय, कर्मचारी सरुवा तथा नियुक्तिसम्बन्धी विषयहरू पनि बैठकको एजेण्डामा […]

कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना, चालकसहित ६ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालीगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन बुधबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित क्रेनमा सवार अन्य पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरूमा पाल्पाको तानसेन नगरपालिका […]

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको […]

विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ । साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दै शाखाले धर्ना दिएको हो ।

रास्वपा बागमती प्रदेश अधिवेशन अस्थायी स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो । मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । […]

बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री डा.वाग्लेले भने, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “ […]

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण

वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो। सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, […]